आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पूर्व सांसदले मापसे गरेर चलाएको कारले ठक्कर दिँदा एकको अवस्था गम्भीर

प्रकाशित
1.2K
SHARES

काठमान्डाै ।  नेपाली कांग्रेसका पूर्व सांसद गेहेन्द्र गिरीले मापासे गरी चलाएको कारले पैतलयात्रुलाई ठक्कर दिएको छ।उनले चलाएको निजि कारको ठक्करबाट धनगढी निवासी हाल लमही नगरपालिका वडा नम्बर ७ उचानिम्बु बस्ने ३५ वर्षीय रकबहादुर विक गम्भीर घाइते हुनुभएको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ।

दाङको सतवरियामा खुमबहादुर खड्काको सालिक निर्माणका लागि भएको छलफलमा सहभागी भएर घर फर्किने क्रममा आइतबार वेलुकी करिब साढे ६ बजेतिर गिरीले चलाएको बा २० च २२३९ नम्बरको कारले विकलाई दाङको लमही नगरपालिकास्थित उचानिम्बु भन्ने ठाउँमा ठक्कर दिएको हो। गिरीले चलाएको कारको ठक्करबाट विक गम्भीर घाइते हुनु भएको प्रहरी कार्यालय अमिलियाले जनाएको छ।

प्रहरीका अनुसार घाइते विकको टाउँको र घुँडामा चोट लागेको छ। घाइते विकलाई लमही अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारको लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ। पूर्व सांसद गिरी र ठक्कर दिने कारलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ।

याेपनि

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसबाट नेपाल पनि उच्च जोखिममा रहेको भन्दै यसबाट नेपालीको सुरक्षाका लागि गम्भीरतापूर्वक आवश्यक व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ ।

नेपाल पनि कोरोना भाइरसबाट उच्च जोखिममा रहेको छ । चीनबाट आएका एक नेपालीमा यसको संक्रमण देखिसकेको छ । थप दुई जनामा संक्रमण भएको आशंकामा उपचार भइरहेको छ । चीनको हुबई प्रान्तको राजधानी वुहानबाट फैलन सुरु भएको कारोना भाइरस आधा दर्जन मुलुकमा फैलिसकेकोे छ ।

वुहान शहरमा विभिन्न विश्वविद्यालय, शिक्षण संस्थामा अध्ययनरत नेपाली विद्यार्थी र त्यहाँ रहेका नेपाली व्यवसायीसमेत जोखिममा रहेकाले उनीहरुलाई सुरक्षित तरिकाले यथाशीघ्र उद्धारका लागि आवश्यक व्यवस्था गर्न कांग्रेस संसदीय दल आग्रह गरेको हो ।

‘महामारीका रुपमा फैलन सक्ने कोराना भाइरस फैलन नदिन आवश्यक सुरक्षा व्यवस्था तथा सङ्क्रमित व्यक्तिको उचित उपचारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउँछौँ’, प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया