आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

शिवमाया तुम्बाहाङ्फेलाइ कानुनमन्त्री उपहार, ३ बजे शपथ

प्रकाशित
1.2K
SHARES

काठमान्डाै ।  उपसभामुख शिवमाया तुम्वाहाङ्फेलाई कानुनमन्त्री बनाइने भएको छ। उनलाई आजै कानुनमन्त्रीको रुपमा शपथ ग्रहण गराउने तयारी गरिएको स्रोतले जानकारी दियो।यसअघि उपसभामुख रहेकी शिवमायाले सभामुखमा दाबी गरेको भए पनि नेकपा सचिवालयले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो। बाह्रखरी बाट साभार

पुर्व उपसभामुख शिवमाया तुम्बाहाङ्फलाई ओली सरकारले कानूनमन्त्री उपहार दिएको छ । तत्कालिन कानुनमन्त्री उपेन्द्र यादवको पार्टी समाजवादीले सरकार छोडेपछि यो पद खाली रहेको थियो । सुरुमा स्वास्थ्यमन्त्री रहेका यादवलाई पछि कानुनमन्त्रीको जिम्मा दिइएको थियो ।

तुम्बाहाङ्फेले आजै दिउँसो साढे ३ बजे राष्ट्रपतिसमक्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिँन लाग्नु भएको छ ।तुम्बाहाङ्फेले आज कानून मन्त्रीको शपथ लिने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनु भएको छ । उपेन्द्र यादवको वहिर्गमनपछि रिक्त रहेको कानून मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका छन् ।

समाजवादी पार्टीले सरकार छाडेपछि कानून मन्त्रालयसँगै सहरी विकास मन्त्रालय पनि खाली छ । शहरी विकासमन्त्रीमा महेश बस्नेतको सम्भावना बलियो छ । तर कानुनमन्त्री पुर्व एमालेबाट भएपछि शहरी विकासमन्त्री पुर्व माओवादीबाट हुनसक्ने चर्चा पनि भइरहेको छ । यस विषयमा कुनै ठोस जानकारी आएको छैन ।

प्रतिक्रिया