आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रोशनी शाही प्रकरण – पुर्व सभामुख महराको आज अन्तिम फैसला आउँने

प्रकाशित
1.3K
SHARES

काठमाडौं । जिल्ला अदालत काठमाडौले क’रणीको अभियोगमा पुर्पक्षका लागि थु’नामा रहनुभएका पूर्वसभामुख कृष्णबहादुर महरा विरुद्धको बहस नसकिएपछि हेर्दाहेर्दैमा सोमबार (आज) का लागि तोकेको छ ।

जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासमा हिजो (आइतबार) सुनुवाइ शुरु भए पनि समयाभावका कारण हेर्दाहेर्दै आजका लागि राखिएको अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिनु भएको थियो । उहाँका अनुसार आज फैसला आउनेछ । पूर्वसभामुख महरालाई अहिले पुर्पक्षका लागि थु’नामा डिल्लीबजार का’रागा’रमा राखिएको छ ।

महराविरुद्ध क’रणी प्रयासमा पाँच वर्ष र विशिष्ट व्यक्ति भएकाले थप साढे दुई वर्ष गरी साढे सात वर्षसम्मको कै’द स’जाय माग गरिएको छ । एक महिला कर्मचारी (रोशनी शाही) लाई क’रणी प्रयासको आरोपमा गत असोज १९ गते प्रहरीले पक्राउ अनुसन्धान शुरु गरेको थियो ।

याेपनि

कृष्णबहादुर महराविरुद्धको मुद्दामा आइतवार जिल्ला अदालत काठमाडौंमा अन्तिम सुनुवाइ चलिरहेको थियो ।दुवै पक्षका वकिलहरूको बहस सकिएपछि पर्खाइ फैसलाको थियो । महरा पनि फैसला कुर्दै इजलाशबाहिर केही कानून व्यवसायी र पत्रकारहरूसँग अनौपचारिक कुराकानीमा व्यस्त थिए ।‘अब त छुट्ने बेला भयो होला नि !’ एक जनाले प्रसंग निकाले ।

हँसिलो मुद्रामा महराले जवाफ फर्काए– ‘नछुटे पनि के भयो र ? डिल्लीबजार कारागार ३ महिने घर भइसक्यो । आज ३ महिना १७ दिन भयो।’कालो ज्याकेट र ढाका टोपीमा उपस्थित भएका महराले अदालत परिसरमा खुलेर कुराकानी गरेका थिए ।आइतवार महराको पक्षबाट वरिष्ठ अधिवक्ताहरू रमनकुमार श्रेष्ठ, लव मैनाली, शेरबहादुर केसी, डा. भीमार्जुन आचार्य र सविता भण्डारी बराल तथा अधिवक्ताहरू सुशील सापकोटा, मुरारी सापकोटा र डा‍. दीनमणि पोखरेलले बहस गरे ।

न्यायाधीश अम्बरराज पौडेलको इजलाशमा सुनुवाइ भएको महराको मुद्दामा बहस सकिएपनि आइतवार फैसला सुनाउन नभ्याउने भनेपछि महरालाई डिल्लीबजार कारागार फर्काइएको छ ।संघीय संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनी गत असोज १९ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट पक्राउ परेका थिए ।

बलात्कार प्रयासजस्तो गम्भीर आरोप लागेपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए ।महरा पक्राउ परेपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा अघि बढेको थियो ।मुद्दाको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउन कात्तिक १८ गते आदेश दिएको थियो ।महराविरुद्ध किटानी जाहेरी दिने महिलाले यसबीचमा बयान फेर्दै महरालाई रिहा गर्न अदालतमा लिखित निवेदन नै दिएकी थिइन् ।

प्रतिक्रिया