आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भारतको जस्तै नेपालमा “भ्वाइस कल सित्तैमा दिन्छौं, डाटाको मूल्य आधा घटाउँछौं” –चौधरी ग्रुप

प्रकाशित
20.4K
SHARES

काठमाडौ । नेपाल सरकारको कानून, नीति नियम तथा प्रक्रिया पूरा गरेर नै देशभर टेलिफोन सेवा पुर्याउन आतुर रहेको सिजी कम्युनिकेशनले जनाएको छ । लामो समयदेखि नेपाल दूरसञ्चार प्राधिकरणबाट एकीकृत अनुमतिपत्रको प्रतिक्षामा रहेको भन्दै सो कम्पनीले विद्यमान कानूनी प्रक्रिया पूरा गरेर अगाडि बढ्न खोजेको स्पष्ट पारेको छ । भारतमा सिम किनेपछि अल इण्डिया भ्याईस सित्तैमा, इन्टरनेटपनि सिमिततामा सित्तैमा छ । सिजीले नेपालमापनि त्यही गर्छौ भनिरहेका छन् ।

कम्पनीले स्सिताबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवन्ध निर्देशक निर्वाण चौधरीले एकीकृत अनुमतिपत्रका लागि प्राधिकरणमा आवेदन दिएको बताए । उनले नवीकरण शुल्क सबै कम्पनीले किस्तामा तिर्ने कानूनी व्यवस्था रहेको र सोही अनुसार तिर्न तयार रहेको जानकारी दिए । आधारभूत टेलिफोन सेवाको अनुमति पत्रको सबै शर्त पूरा गरेको बताउँदै चौधरीले कानूनी प्रक्रिया पूरा गर्न कुनै कन्जुस्याईं नगरिने स्पष्ट पारे ।

निर्वाण चौधरीले उपभोक्तालाई सस्तोमा सेवा दिन र डिजिटल नेपालकै सहयोगीका रूपमा कम्पनीले काम गर्न आफूहरु आतुर रहेको स्पष्ट पारे। युनिफाइड लाइसेन्स पाए भ्वाइस सेवा निःशुल्क उपलब्ध गराउने र डेटा शुल्क पनि अहिले भन्दा आधा सस्तो गरिने उनले जानकारी गराए।

“युनिफाइड लाइसेन्सको खोजी गरिरहेको सीजी टेलिकम्युनिकेसन्सले त्यस्तो लाइसेन्स पाए भ्वाइस सेवा निःशुल्क उपलब्ध गराउने र डेटा शुल्क पनि अहिले भन्दा आधा घटाइन्छ । उपभोक्तालाई सस्तोमा सेवा दिने र डिजिटल नेपालकै सहयोगीका रूपमा कम्पनीले काम गर्नेछ । त्यस्तै २० अर्ब रुपियाँ तिरेर मात्र लाइसेन्स दिने भन्ने सरकारको भनाइ गलत छ । नवीकरण शुल्क लाइसेन्स प्राप्त भएपछि १० वर्षभित्र तिर्नुपर्ने व्यवस्था छ र अन्य बक्यौता सरकारलाई कम्पनीले तिरिसकेको छ ।”,उनले भने।

सेवा विस्तार गर्न अवश्यक फ्रिक्वेन्सीको कुनै समस्या नरहेको भन्दै चौधरीले २२०० सय र २३०० ब्यान्डका फ्रिक्वेन्सी खरिद गरी सेवा सञ्चालन गर्न तयार रहेको बताए । नेपालीलाई सस्तो तथा गुणस्तरीय सेवा दिन आवश्यक पर्ने सबै तयारी पूरा गरिसकेको सो अवसरमा जानकारी दिइयो

प्रतिक्रिया