आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोनाले तोड्यो सार्सको रेकर्ड, मृत्यु हुनेको संख्या ८ सय ३ पुग्यो

प्रकाशित
1.1K
SHARES

काठमाडाैं । कोरोनाभाइरसको संक्रमणले सन् २००३ मा सार्स महामारीले निम्त्याएको प्रकोपलाई उछिनेको छ। चीनको हुबेई प्रान्तबाट सुरु भएको कोरना भाइरसले त्यहाँ मात्रै ७८० जनाको ज्यान लिइसकेको छ। यो भाइरसको संक्रमणबाट हालसम्म ८०३ जनाले ज्यान गुमाएका छन् जसमा एक जनाको मृत्यु चीनबाहिर फिलिपिन्समा भएको छ।

सार्स महामारीका बेलामा सन् २००३ मा दुई दर्जन देशका ७७४ जनाले ज्यान गुमाएका थिए। कोरोनाभाइरसबाट हालसम्म ३४ हजार ८ सय जना संक्रमित भएका छन् जसमा लगभग सबैजसो चीनबाट रहेका छन्। यसगरी हुबेईका अधिकारीहरूले शनिबार कोरोनाभाइरसका ८१ नयाँ संक्रमितहरूको मृत्यु भएको जनाएको छ। यसले हुबेईमा मात्र यसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७८० पुगेको छ।

यस्तै कोरोनासंक्रमणको जोखिमलाई कम गर्ने हङ्कङले नयाँ क्वारेन्टाइन अनिवार्य गरेको छ। उसले चीनको मुख्यभूमिबाट हङ्कङ प्रवेश गर्ने जोकोहीलाई दुई साताको अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने बताएको छ। नियम अनुसार चीनको मुख्यभूमिबाट हङकङ आउने पाहुना होटल तथा सरकारले बनाएका सरकारी क्वारेन्टाइन केन्द्रमा दुई सातासम्म एक्लै बस्नुपर्नेछ।

नियमको उलंघन गर्नेलाई उसले कडा सजाय हुने बताएको छ। हङ्कङमा कोरोनोभाइरस संक्रमणका २० वटा मामिलाहरु पुष्टि भएको छ। यसैगरी फ्रान्सले पनि सो भाइरसबाट आफ्नो मुलुकमा संक्रमित हुनेको संख्या ११ पुगेको जनाएको छ। शनिबार संक्रमणका ५ नयाँ बिरामी फेला परेको उसले बताएको छ।

चीनबाट फर्काइने नेपालीलाई राख्न खरिपाटीमा भवन खाली गराइयो
चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको दुईवटा भवन खाली गरिएका छन् । प्राधिकरणको दक्षिणतर्फको सबैभन्दा तल रहेको प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेल भवन खाली गराइएको हो ।

चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्न दुई भवन खाली गराएको नेपाल विद्युत् प्राधिकरण खरिपाटीका सहनिर्देशक केशवराज ओलीले जानकारी दिए । होस्टेलको तल्लो भवनको सम्पूर्ण सामान प्राधिकरणको माथिल्लो प्रशासनिक भवनमा सारिएको र वातावरण विभाग भवनको सामान पनि सारिएकोे उनले जानकारी दिए ।

भवन खाली गराउन होस्टेलमा रहेका बिरामीलाई फर्काइएको र दुवै भवनका सबै सामान झिकेर माथिल्लो प्रशासनिक भवनमा सारिएको छ । नेपाली सेनाको प्राविधिक, स्वास्थ्य मन्त्रालयलगायत टोलीले अध्ययन गरी उक्त ठाउँको छनोट गर्दै प्रतिवेदन बुझाएपछि सरकारले भक्तपुरको खरिपाटीस्थित प्राधिकरणमा ‘आइसोलेसन’ वार्डका रुपमा क्वारेन्टाइन राख्ने निर्णय गरेको बताइएको छ ।

टोलीले अध्ययनका क्रममा १२४ जनालाई यहाँ राख्न सकिने जानकारी गराउँदै ठाउँ खाली गराएको प्राधिकरणले जनाएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी होमकला पाण्डे, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख सवीन प्रधानलगायत सुरक्षा निकायको टोलीले शुक्रबार उक्त स्थानको अवस्था र तयारीको बारेमा अवलोकन गरी जानकारी लिएको कर्मचारीले बताएका छन् ।

टोलीले यो ठाउँको छनोट गर्दा स्वास्थ्य मन्त्रालयबाट आएका कर्मचारीले चीनबाट फर्काउन लागिएका नेपालीलाई राख्न आइसोलेसनमात्रै भएकाले माथिल्लो भवनमा कर्मचारीले काम गर्नसक्ने जानकारी गराएको बताउँदै सहनिर्देशक ओलीले सरकारको यो निर्णयसँगै यहाँका कर्मचारीमा त्रास फैलिएको बताए । कर्मचारीमा त्रास फैलिएकाले त्यस क्षेत्रमा बसेर काम गर्नसक्ने वातावरण नभएको भन्दै कर्मचारीलाई कहाँ लैजाने भन्ने निर्णय नभएको बताइएको छ ।

प्राधिकरणभित्र अहिले विभिन्न २६ वटा विभाग एवं कार्यालय रहेको र सबै विभाग बन्द गर्नुपर्ने अवस्था आएको बताइएको छ । खरिपाटीमा क्वारेन्टराइन राख्ने सरकारको निर्णयसँगै स्थानीयवासीले चर्को विरोध गर्दै आएका छन् । स्थानीयवासीले यो ठाउँमा क्वारेन्टाइन राख्न नदिने भन्दै दैनिक आन्दोलन गर्दै आएका छन् । चाँगुनारायण नगरपालिकामार्फत् सरकारलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

प्रतिक्रिया