आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सरकार भ्रष्टाचार शून्यमा झार्ने अभियानमा लागेकाे छ – मन्त्री अर्याल

प्रकाशित
796
SHARES

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले भ्रष्टाचार शून्यमा झार्ने सरकारको प्रतिबद्धता भएको दोहोर्‍याएकी छिन् । स्याङ्जाको हरिनास गाउँपालिका स्थित मातृभूमि माध्यामिक विद्यालयको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री अर्यालले भ्रष्टाचार शून्यमा झार्न सरकार प्रतिवद्ध रहेको बताइन् ।

मन्त्री अर्यालले भ्रष्टाचार शून्यमा झार्ने सरकारको प्रतिवद्धता अन्तर्गत नै भर्खरै सरकारले अख्तियारमार्फत नयाँ कदम चालेको बताइन् । ‘त्यसको शुरुआत स्वरुप अख्तियारबाट सरकारले कारबाही थालनी गरेको छ । सरकार भ्रष्टाचार शून्यमा झार्ने अभियानमा छ । यो हाम्रो प्रतिवद्धता हो’, मन्त्री अर्यालले भनिन् ।

प्राविधिक शिक्षा आजको आवश्यकता भएको भन्दै उनले अब सबै विद्यालयहरुमा प्राविधिक शिक्षाको पढाइ हुनुपर्ने बताइन् । शैक्षिक संस्थाहरुलाई बेरोजगार उत्पादनको केन्द्र बनाइन नहुने उनको भनाई थियो । उनले भनिन्, ‘ विद्यालयहरुलाई बेरोजगार उत्पादन गर्ने कारखाना बनाउनु हुदैन । बिस्तारै सबै विद्यालयमा प्राविधिक शिक्षा लागु गर्ने सरकारको लक्ष्य हो ।’

यसैबीच हरिनासको गाउँपालिकाको छैठौं गाउँसभा एवं हिउँदे अधिवेशनको उद्घाटन गर्दै मन्त्री अर्यालले जनप्रतिनिधिहरुलाई यो वा त्यो नभनिकन विकास निर्माणमा लाग्न निर्देशित गरिन् । निर्वाचनमा जुन पार्टीबाट चुनाव लडेपनि समग्र विकासका निम्ती एकजुट भएर लाग्न मन्त्री अर्यालले निर्देशन दिइन् । ‘अहिलेको मात्र नभएर पचासौं वर्षपछिसम्म काम लाग्ने दिर्घकालिन योजना बनाएर विकास निर्माणका काममा लाग्नुस्’, मन्त्री अर्यालले भनिन् ।

यता ललिता निवासको जग्गा प्रकणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मन्त्रीसहति १ सय ७५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि पछिल्लो केही दिन यता यो प्रकण चर्चामा रहेको छ । नेपाली कांग्रेसमा उपसभापति विजयकुमार गच्छादार विरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ जसको विरोधमा कांग्रेस संसद र सडकमा नै उत्रिएको छ ।

राजनीतिक पूर्वाग्रह राखेर पार्टीका उपसभापति विरुद्ध मुद्दा दायर गरिएको र अख्तियार वामपन्थी सरकारको लाचार छायाँ बनेको आरोप कांग्रेसले लगाएको छ । कांग्रेसले ललिता निवास प्रकणमा जोडिएका पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, डा बाबुराम भट्टराईमाथि सत्ताको आड रहेको आरोप लगाएको छ भने जग्गा खरिद गर्ने नेकपाका महासचिव विष्णु पौडेलका छोराले जग्गा फिर्ता गर्ने सर्तमा मुद्दा नचलाएर अख्तियार सरकारको लाचार छायाँ बनेको आरोप कांग्रेसको छ ।

तर, नेकपाका नेता विष्णु रिजालले भने ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्री एवं नेकपाका नेता माधव कुमार नेपालविरुद्ध भ्रम छर्ने प्रयास भएको भन्दै १२ बुँदा सामाजिक सञ्जालमा पेश गरेका छन् ।

प्रतिक्रिया