आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना भाइरसबाट चीनको वुहानमा अमेरिकी नागरिकको मृत्यु, काे हुन उनी

प्रकाशित
0.9K
SHARES

बेइजिङ । कोरोना भाइरसको महामारीका कारण अमेरिकी नागरिककाे मृत्यु भएकाे छ। चीनको वुहान शहरमा बसोबास गर्ने ती ६० वर्षे अमेरिकी नागरिकको त्यहाँको जिन्यिन्तान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बेइजिङस्थित अमेरिकी दूतावासले जनाएको छ ।

उनको परिवारको गोपनियतालाई सम्मान गर्दै उनीबारे थप विवरण भने दूतावासले सार्वजनिक नगरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । कोरोना भाइरसको लक्षण देखा परेपछि उनलाई अस्पताल भर्ना गरिएको र उपचारकै क्रममा उनको मृत्यु भएको बताइएको छ ।

त्यस्तै, वुहान शहरमै अर्का जापानी नागरिकको समेत मृत्यु भएको छ । जापानको विदेशमन्त्रालयलले ६० वर्ष उमेर समूहमा रहेका उनको कहिले मृत्यु भएको भन्नेबारे केही खुलाएको छैन । निमोनियाबाट पीडित ती जापानी नागरिकको पनि कोरोना भाइरसबाट नै मृत्यु भएको आशंका गरिएपनि उनीमा भाइरस देखिएको पुष्टि नभएको बताइएको छ ।

चीनबाट सुरु भइ विश्वका विभिन्न देशमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या शनिबारसम्म ७२२ पुगेको छ । मृत्यु हुनेमध्ये दुई जना विदेशी पनि रहेको चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले ६० बर्षिय एक अमेरिकी नागरिकको उहानमा बिहीबार मृत्यु भएको जानकारी दिएपनि अन्य विवरण भने दिएका छैनन् ।

त्यसैगरी अर्का एक जना ६० बर्षिय नै जापानीको पनि कोरोना भाइरसकै कारण उहानमै मृत्यु भएको छ । जापानको विदेश मन्त्रालयले घटनाको पुष्टि गरेको समाचारमा जनाइएको छ । सरकारी अधिकारीहरुका अनुसार थप झण्डै ३५ सय जनामा यस भाइरसको सङ्क्रमण देखिएको छ ।

कोरोनाका कारण चीन बाहिर भने अहिलेसम्म हङकङ र फिलिपिन्समा दुई व्यक्तिको मृत्यु भएको छ । उनीहरु दुवै जना चिनियाँ नागरिक नै हुन् । डिसेम्बरको अन्त्यमा चिनियाँ बजार उहानमा पहिलो पटक देखा परेको नयाँ कोरोना भाइरसको सङ्क्रमण विश्वभर फैलिएको छ ।

विश्वका झण्डै ३० देशमा यो भाइरसबाट ग्रसित व्यक्ति फैलिएको छ भने तीन देशमा कुल ३२० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । कोरोना भाइरसबाट अतिप्रभावित क्षेत्र मानिने उहानमा सरकारले शुक्रबार ११ हजार स्वास्थ्यकर्मी थप गरेको छ । देशका अति राम्रा मानिएका आईसियु स्टाफसहितका स्वास्थ्यकर्मीको टोली उहानमा पठाइएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुमध्ये तीन हजार जना सघन उपचार कक्षमा काम गर्ने चिकित्सक र नर्स रहेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका गुओ यानहोङले शुक्रबार बताए । अहिले भइरहेका स्वास्थ्यकर्मीले लामो समयसम्म काम गर्दा उनीहरुलाई शारीरिक तथा मानसिक थकान हुने उनको भनाई छ ।

प्रतिक्रिया