आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सावधान ! यस्तो छ अब आगामी ३ दिनको मौसम अपडेट

प्रकाशित
1.6K
SHARES
?????????????????????????????????????????????????????????

काठमाडौ । आज मौसम खराब हुँदैछ । आज देशका पूर्व र पश्चिम पहाडका केही स्थानमा पानी पर्ने संभावना छ। दिउँसोपख यी स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमवीद् राजु प्रधानाङगकाअनुसार स्थानीय वायुको प्रभावका कारण पानी पर्न लागेको हो। बेलुकीपख पुर्व र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात पनि हुने संभावना छ। यी बाहेक अन्य स्थानको मौसम आज सामान्यता सफा रहनेछ। काठमाडौै उपत्यकाको न्युनतम तापक्रम आज विहान ४ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ।

यस्तो छ आगामी ३ दिनको मौसम अपडेट

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/१०/२३ देखि २०७६/१०/२५) जारी समय : विहान ६:०० बजे
नेपाल सरकार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) (जारी मितिः २०७६-१०-२३, विहान ६:०० बजे)

मौसम विश्लेषण) Meteorological Analysis):- हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली छैन।
मौसमको अवस्था )Present Weather Status):हाल देशको पहाडी भू-भागका केही स्थानमा आंशिक बदली रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ २३ गते (बिहीबार) दिउँसोः देशका पुर्वी र मध्य पहाडी भू-भागमा अपरान्ह पछि आंशिक देखि सामान्य बदली रही पश्चिमका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पुर्वी र पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । रातीः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भाग सामान्यतया सफा रहने छ।

माघ २४ गते (शुक्रबार) दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भाग सामान्यतया सफा रहने छ। देशको पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ । रातीः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भाग सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

माघ २५ गते (शनिबार) दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। रातीः देशका पूर्व र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाकि भू-भागमा सामान्यतया सफा रहने छ।

प्रतिक्रिया