आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना भाइरस : हङकङमा १८ सङ्क्रमित, ज्यान गुमाउनेको संख्या ५०० पुग्यो

प्रकाशित
1.8K
SHARES
IRF - Frederick05/09/144:14:00 p1500007.080.0Imaging#2014-22-BSARS BST-2 GFPVERO E6 Cells, 24 Hours-25.79616315.00260.00XpixCal=2.448YpixCal=2.448Unit=nm##fv3

काठमाडौं । चीनमा महामारीको रुप लिइरहेको कोरोना भाइरसबाट हङकङमा १८ जनामा सङ्क्रमण भएका जनाइएको छ । विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले मङ्गलबार पुष्टि गर्नुभएको थियो । हङकङका ती व्यक्तिलाई गत जनवरी ३१ मा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो ।

उपचारका लागि प्रिन्स मार्गरेट अस्पतालमा भर्ना भएका उनको हिजो मृत्यु भएको थियो । कोरोना भाइरसका कारण चीनमा करिब ५०० जनाको ज्यान गएको छ । चीनबाट सुरू भै विश्वका करिब दुई दर्जन मुलुकमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणले अहिले नै विश्वभरि महामारीको रूप नलिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार बताएको छ ।

डब्लुएचओको सङ्क्रमणजन्य रोगको जोखिमविरूद्धको तयारी शाखाका प्रमुख सिल्भी ब्राएन्डले भन्नुभयो, “अहिले हामी कोरोना भाइरसको सङ्क्रमणको माहामारीको अवस्थामा छैनौ ।” “तर हामी सङ्क्रमणको महामारीको जोखिमको बहुकेन्द्रित चरणमा रहेका छौ,” उहाँले भन्नुभयो । कोरोना भाइरसका कारण चीनमा ४२५ जनाको मृत्यु भएको छ भने कम्तीमा २० हजार व्यक्ति यसको सङ्क्रमणका कारण उपचार गराइरहेका छन् ।

चीनको मध्य क्षेत्र हुबेईको वुहानबाट पहिलो पटक डिसेम्बरमा देखा परेको उक्त भाइरसका विश्वका करिब दुई दर्जन मुलुकमा पुगेको भएपनि त्यहाँ सङ्क्रमण महामारीको रूपमा नरहेको उहाँको भनाइ रहेको छ । ब्राएन्डले भन्नुभयो, “चीनको हुबेईमा शीघ्र सङ्क्रमण भइरहेको भएपनि चीनकै अन्य राज्यमा यसको फैलावट छिटफुट अवस्थामा नै रहेको छ ।” यसैबीच्मा चीनका अधिकारीहरूले सङ्क्रमण नियन्त्रणका लागि प्रभावकारी उपायहरू अवलम्बन गरेका र अन्य प्रभाबित मुलुकहरूले पनि भाइरस सङ्क्रमणलाई नियन्त्रणबाहिर जान नदिन यथेष्ट सावधानीहरू अपनाएको पाइएको छ ।

चीनको हुबेईका साथै अन्य भागमा अपनाइएका उपाय र विश्वका अन्य मुलुकहरूले नियन्त्रणका लागि देखाएका गम्भीर सावधानीका कारण छिट्टै सङ्क्रमण रोक्न वा यस भाइरसलाई पूर्ण निर्मूल पार्न सफलता मिल्नेमा हामी विश्वस्त छौँ । विभिन्न मुलुकमा देखिएको नोभेल कोरोना भाइरसको सङ्क्रमणका कारण अहिले नेपाललगायत विभिन्न देशले उच्च सतर्कता अपनाएको छ । नेपालमा पनि हेल्प डेस्क स्थापना गरेर सावधानी अपनाइएको छ । चिकित्सकले व्यक्ति आफैँले सावधानी अपनाउँदा कोरोनाको सङ्क्रमणबाट बच्न सकिने बताएका छन् ।

स्वास्थ्य सेवा विभागका डा हेमन्त ओझा विशेष गरी सरसफाइमा ध्यान दिने, माक्स लगाउने, भिडभाडमा नजाने, बिरामीलाई छोएमा हात राम्ररी सफा गर्नेलगायत सावधानी अपनाए यसबाट जोगिन सक्ने बताउनुभयो । अध्यागमन विभागका कर्मचारीलाई कोरोना भाइरसको विषयमा आज जानकारी दिँदै डा ओझाले नेपालको सीमा चीनसँग जोडिएकाले केही सङ्क्रमण बढ्ने हो की भन्ने आशंका भए पनि अहिलेसम्मको अवस्थामा नेपाल सुरक्षित रहेको बताउनुभयो । पर्यटकसँग हेलमेल हुने भएकाले अध्यागमनका कर्मचारीले भने विशेष सावधानी अपनाएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

अन्तरक्रियाका क्रममा विश्व स्वास्थ्य सङ्गठन नेपालका प्रतिनिधि डा रुबेलले रोगको औषधि पत्ता नलागेकाले लक्षण अनुसारको उपचार गरिने जानकारी दिँदै व्यक्ति स्वयंले सावधानी अपनाउनुपर्नेमा जोड दिनुभयो । चीनको वोहान प्रान्तमा देखिएको उक्त भाइरस सोही क्षेत्रबाट आएका एक नेपालीमा पनि देखिएपछि सङ्क्रमण बढ्न सक्ने आशंकामा सरकारले विभिन्न क्षेत्रमा डेस्क स्थापना गरेर सङ्क्रमण फैलन नदिन आवश्यक तयारी थालिसकेको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आगन्तुकको परीक्षणका लागि चौविसै घण्टा स्वास्थ्यकर्मीको टोली खटाइएको छ । अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले नेपालको अवस्था सामान्य रहेको भन्दै डराउनुपर्ने अवस्था नरहेको बताउनुभयो । सावधानी अपनाएर काममा लाग्न उहाँले कर्मचारीलाई निर्देशन दिनुभयो ।

नोभेल कोरोना भाइरस विश्वका २२ बढी मुलुकमा देखिइसकेको छ । यसले रुघाखोकीदेखि गम्भीर प्रकारको श्वासप्रश्वासको समस्या निम्त्याउन सक्ने चिकित्सकले बताएका छन् । शुरुमा जनावरबाट मान्छेमा आएको यो भाइरस पछिल्लो समयमा मान्छेबाट मान्छेमा सरेको विश्व स्वास्थ्य सङ्गठन (डक्लुएचओ) ले पुष्टि गरिसकेको छ । नोभेल कोरोना भाइरसको मुख्य लक्षण भनेको ज्वरो आउनु, श्वास फेर्न अप्ठ्यारो हुनु र छातीमा सङ्क्रमण हुनु हो ।

रुघाखोकी जस्तै लक्षण देखिने भाइरस श्वासप्रश्वास, एक जनाले प्रयोग गरेको सामान वा रुमाल प्रयोग गर्दा, हात मिलाउँदा सर्नसक्ने चिकित्सकको भनाइ छ । यसको नियन्त्रणका लागि तत्कालै पहिचान गर्ने, त्यसलाई व्यवस्थापन र निदानात्मक उपाए अपनाउने, सङ्क्रमित व्यक्तिको नजिकका मान्छे खोजेर उनीको निगरानी गर्ने जस्ता उपाए अपनाउनुपर्नेमा चिकित्सकको जोड छ ।

प्रतिक्रिया