आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

हिमेश पन्तले ‘सीता मातालाई र’क्सी खुवाएको भए साँचो बोलिहाल्थिन् नि’ भनेपछि बबाल

प्रकाशित
2.4K
SHARES

काठमाडौं । चर्चित रियालिटी टिभी शो कमेडी च्याम्पियन विवादमा परेको छ । अघिल्लो साता एक प्रतिस्पर्धीको प्रस्तुति विवादमा आएपछि कार्यक्रम आयोजकले क्षमायाचना गरेको छ । टप ७ को प्रस्तुतिका क्रममा हिमेश पन्तको कमेडीले हिन्दु धर्मको अपमान गरेको भन्दै विवाद सुरु भएको थियो । यो सँगै पन्तले पनि माफि मागेका छन् ।

अन्धविश्वासी र धार्मिक वैज्ञानिकको रुपमा प्रस्तुत भएका हिमेशले, ‘सीता मातालाई र’क्सी खुवाएको भए साँचो बोलिहाल्थिन् नि’ भन्ने संवादले बबाल मच्चाएको हो । यस विषयमा हिमेशले फेसबुकमा स्पष्टीकरण दिए पनि विवाद नथामिएपछि कमेडी च्याम्पियनकै तर्फबाट माफी मागिएको हो । कमेडी च्याम्पियनद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विगतको श्रृंखलामा प्रतिस्पर्धी हिमेश पन्तको प्रस्तुतिले हिन्दु धर्माबलम्बिको मनोभावनामा ठेस पुग्न गएकोमा कलाकार हिमेश पन्त र कमेडी च्याम्पियन क्षमायाचना गदर्छ ।

आगामी दिनमा सम्पूर्ण धार्मिक आस्थाको उच्च सम्मान गर्दै प्रस्तुति तयार गर्न सबै प्रतियोगी र निर्माण परिवार प्रतिवद्ध छ ।’ यही कुरालाई पन्तले आफ्नो फेसबुकमा राखेका छन् । त्यसअघि शिव सेना नेपाललगायत केही हिन्दूवादी समुहहरुका तर्फबाट सो कार्यक्रम प्रशारण हुने कान्तिपुर टेलिभिजनमा गएर ज्ञापनपत्र दिइएको थियो । टेलिभिजनका प्रमुख दिनेश डिसीलाई बुझाइएको ज्ञापनपत्रमा टेलिभिजनले पनि माफी माग्नुपर्ने बताइएको थियो ।

 

प्रतिक्रिया