आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एमसिसीबारे परराष्ट्रमन्त्री ज्ञवालीले दिए यस्तो बयान

प्रकाशित
1K
SHARES

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एमसिसीविरुद्ध बाहिर आएका कुरा अनावश्यक, अतिरञ्जित र प्रायोजित भएको आरोप लगाएका छन् । उनले सरकारले देश र जनताको हितलाई केन्द्रविन्दुमा राखेर यस विषयलाई उठान गरेको छ भन्दै बजारमा अनावश्यक विषयमा बहस गरेर मित्र राष्टसँगको सम्बन्धलाई कसैले पनि तीतो बनाउन नहुने बताए ।

आजदेखि गुल्मीमा शुरु हुने स्वास्थ्य बीमा घोषणा कार्यक्रमका सन्दर्भमा गृहजिल्ला आएका परराष्ट्रमन्त्री ज्ञवालीले प्रेस सङ्गठन नेपाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपालको राष्ट्रिय हित, जनताको लाभ र देशको विकास जेमा हुन्छ सरकार त्यसैमा अघि बढ्ने भन्दै एमसिसीको विस्तृत रूप (फुलफर्म) थाहा नभएकाहरुले यसका विरुद्धमा बजारमा बहस शुरु गरेको टिप्पणी गरे ।

उहनले चुइगम चपाउँदा रस सकिएर दाँतमा टाँसिने र त्यसको कुनै स्वाद नहुने जस्तै प्रकृतिको बहस एमसिसीका बारेमा अहिले बजारमा चलिरहेको बताए । राष्ट्रको हित, विकासको आवश्यकता र मित्र राष्ट्रहरुसँगको सम्बन्धलाई केन्द्रविन्दुमा राखेर छिटो पास गरिने ज्ञवालीले बताए।

‘एमसीसीको विषयलाई लिएर बाहिर आइरहेका अनावश्यक अतिरञ्जित, अतिप्रायोजित कुराप्रति सरकार निकै सजग भएर अध्ययन गर्न लागिरहेको छ,’ मन्त्री ज्ञवालीले भने, ‘जसले एमसीसीको पुरा रुप जान्न सकेका छैनन्। तिनीहरुले नै त्यसको विरुद्धमा बोलेका छन्। यो कार्यक्रम ४९ वटा देशमा लागू भएको छ, यसको बारेमा अध्ययन गर्न आग्रह गर्छु।’

अर्काे प्रशंगमा पार्टीहरु लोकतन्त्रका आधारस्तम्भ भएको भन्दै उहाँले पार्टीहरु कमजोर हुँदा लोकतन्त्रसमेत कमजोर हुने बताए । दुइ वर्षको कार्यसम्पादनबाट वर्तमान सरकारको आत्मविश्वास बढ्दै गएको छ भन्दै मन्त्री ज्ञवालीले नेकपा अहिलेको सर्वाधिक लोकप्रिय दलका रूपमा स्थापित भएकोसमेत जिकिर गरे।

जनताको वर्षौदेखिको समृद्धिको सपना यही सरकारले पूरा गर्ने बताउँदै मन्त्री ज्ञवालीले त्यसमा कोही पनि द्विविधामा नपर्न आग्रह गर्नुभयो । नेपाली जनताले वर्तमान सरकारलाई ठूलो जिम्मेवारी सुम्पिएको छ भन्दै उनले उक्त जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्न सरकार दृढ रहेको बताए ।

प्रतिक्रिया