आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बारका पूर्वाध्यक्ष पाण्डेको निधन

प्रकाशित
1.4K
SHARES

काठमान्डाै । नेपाल बार एशोसिएशन तनहुँका पूर्वाध्यक्ष एवं जिल्ला विकास समितिका पूर्वसभापति फणीन्द्रबहादुर पाण्डेको आज निधन भएको छ । केही समयदेखि अस्वस्थ पाण्डेको तनहँुको व्यास नगरपालिका–३ दमौलीस्थित निवासमा निधन भएको हो ।

पाण्डेको आज नै दमौलीस्थित मादीसेती घाटमा दाहसंस्कार गरिएको छ । पाण्डेको निधनप्रति शोक व्यक्त गर्दै दाहसंस्कारमा सहभागी नेकपाका केन्द्रीय सदस्य एकबहादुर रानाले परिवर्तन र निरङ्कुशताविरुद्धको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पाण्डेको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभयो ।

नेकपा जिल्ला अध्यक्ष एवं सांसद केदार सिग्देल, सांसद प्रतापकुमार श्रेष्ठ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यासका प्रमुख न्यौपानेलगायतले सामाजिक क्षेत्रमा योगदान पु¥याउनुभएका पाण्डेको निधनले समग्र तनहुँवासीले अभिभावक गुमाएको महसुस गरेको बताउनुभयो ।

पूर्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् उपाध्यक्ष डा‍‍. तुलसी गिरीको मंगलबार निधन भएको छ।९३ वर्षिय गिरीको मंगलबार बिहान बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।कलेजोको क्यान्सरबाट पीडित उनी दुई दिनअघि मात्रै मेडिसिटी अस्पतालबाट ‘डिस्चार्ज’ भएर घर गएका थिए।नेपाली कांग्रेसको महामन्त्री हुँदै पञ्चायतकालमा प्रधानमन्त्री भएका राजनीतिज्ञ गिरीका श्रीमती, दुई छोरा र दुई छोरी छन्।

उनी जिम्बाब्वे स्वतन्त्र भएपछि देशको प्रथम प्रधानमन्त्री निर्वाचित भएका थिए। पछि उनी राष्ट्रपति भए।उनले तीन दशक देशमा शासन गरेका थिए।उनी केही समयदेखि बिरामी थिए र उनको गत एप्रिलदेखि सिङ्गापुरमा उपचार हुँदै थियो।परिवारले मुगाबेको मृत्यु भएको बीबीसीसँग पुष्टि गरेको छ।

जिम्बाब्वेमा सत्ताधारी दललाई बहुमतराष्ट्रपति मुगाबे निवासमै ‘नजरबन्द’सन् २०१७ को नोभेम्बरमा देशको सेनाले उनलाई अपदस्थ गरेको थियो। उनलाई सेनाले नजरबन्द गरेको थियो।जिम्बाब्वे स्वतन्त्र भएपछि मुगाबे देशका प्रथम प्रधानमन्त्री बनेका थिएजिम्बाब्वेका शिक्षासचिवले मुगाबेको मृत्युमा शोक प्रकट गर्द ट्वीट गरेका छन्।

मुगाबेको जन्म सन् १९२४ को फेब्रुअरीमा तत्कालीन रोडेशियामा भएको थियो।तत्कालीन सरकारको आलोचना गरेकाले उनलाई सन् १९६४ मा मुद्दा नचलाई १० वर्षसम्म कारागारमा हालिएको थियो।देश स्वतन्त्र भएपछि सन् १९८० मा मुगाबे जिम्बाब्वेको प्रधानमन्त्री निर्वाचित भए। त्यसपछि प्रधानमन्त्री प्रणाली हटाउँदै उनी सन् १९८७ मा राष्ट्रपति बने।

आफ्नो शासनकालका सुरुका वर्षमा उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा बहुसङ्ख्यक काला जातिका मानिसलाई पहुँच दिएर प्रशंसा बटुले।तर उनको विवादास्पद भूमिसुधार नीतिका कारण देशमा ठूलो आर्थिक सङ्कट उत्पन्न भयो। पछि उनको शासनकाल अख्तियार दुरुपयोग र भ्रष्टाकारका कारण विवादास्पद बन्यो।उनका उत्तराधिकारी एमरसन मनाङ्गाग्वाले मुगाबेको निधनमा शोक प्रकट गर्दै उनलाई “जिम्बाव्वे स्थापना गर्ने पिता” तथा “मुक्तिका प्रतीक” को सङ्ज्ञा दिएका छन्।

प्रतिक्रिया