आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना भाइरसबारे यस्तो आयो प्रधानमन्त्री ओलीको प्रतिकृया, माक्स लगाएर हिड्न आग्रह

प्रकाशित
2.2K
SHARES

काठमाडौं । चीनमा रहेका नेपालीहरुका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले बयान जारी गर्नुभएको छ । उहाँले चीन सरकारले नेपालीहरूलाई आरामसँग राखेकोले आत्तिनु नपर्ने स्पष्ट पार्नुभएको हो ।चीनको वुहानमा फैलिएको कोरोनाभाइरसबाट मानिसहरूको मृत्यु भइरहेको र नेपालीलाई उद्धार गर्नुपर्ने आवाज उठिरहेका बेला प्रधानमन्त्री ओलीले चीनमा रहेका नेपाली आरामसँग बसिरहेको अर्थ लाग्ने बयान दिनु भएको हो ।

उहाँले भन्नुभयो,‘नेपाली विद्यार्थी र अरू नेपालीलाई चीनले फरक ठाउँमा राखेको छ । उहाँहरू आरामसँग बस्नुभएको छ । अहिले आत्तिनुपर्ने अवस्था छैन ।’ उहाँले नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठकमा आइतबार बोल्दै यस्तो बताउनु भएको हो ।आवश्यक परेमा चीनमा रहेका नेपालीहरू उद्धार गरिने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । चीनमा फैलिएको कोरोनाभाइरस संक्रमण अहिलेसम्म प्रमाणित रूपमा नेपालमा नदेखिएको पनि प्रधानमन्त्रीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी त्रसित होइन, कोरोनाभाइरसबाट हामी सचेत हुनुपर्ने अवस्था छ ।’ यो सँगै उहाँले भिडभाडमा जाँदा मास्क लगाएर हिड्न, साबुनपानीले हात धुने बानी गर्न पनि सबैलाई अनुरोध गर्नुभएको छ ।

उहाँले मुख छोपेरमात्रै हाच्छु गर्नुपर्ने सुझाव दिनुभयो । कोरोनाभाइरस संक्रमणको जोखिमबाट बच्न सरकारले काम गरिरहेको भन्दै, ‘स्वास्थ्य मन्त्रालय, रेडक्रसलगायत संस्थाले काम गरिरहेका छन् । सजकता र चेतना जगाउने कार्यक्रम गर्नुपर्छ ।’ भन्नुभयो । भरतपुर अस्पतालले बहिरङ्ग सेवामा उपचारका लागि आएका रुघाखोकी र ज्वरोका बिरामीलाई टिकट काट्ने र स्वास्थ्य परीक्षण गर्ने ठाउँ अलग गरेको छ । पाँच वटा टिकट काउण्टरमध्ये एउटामा त्यस्ता बिरामीको टिकट काट्ने र छुट्टै कक्षमा परीक्षण गराउने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार सोमबारदेखि अस्पताल छिर्ने रुघाखोकी र ज्वरोका बिरामीलाई सबै परीक्षण अलगरुपमा गर्ने व्यवस्था मिलाइएको छ । कोरोना भाइरसको सङ्क्रमण हुनसक्ने भन्दै उच्च सतर्कता अपनाइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले जानकारी दिनुभयो ।

उपचारसँगै सचेतनामा पनि अस्पताल जुटेको छ । कोरोना भाइरसको सङ्क्रमण हुन नदिन सचेतना जगाउने उद्देश्यले आज अस्पताल परिसरमा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले मास्क लगाएर नमस्कार गर्दै सन्देश प्रवाह गरेका छन् । कार्यालय समय शुरु हुने समयमा बिहान १० बजे पछि सबै अस्पताल बाहिर भेला भएर एकै साथ मुखमा मास्क लगाएर दुई हात जोडी नमस्ते गरेका थिए ।

सो अवसरमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट तिवारीले हात नमिलाऔँ दिल खोलेर नमस्ते गरौँ भन्ने आम नागरिकलाई सन्देश प्रवाह गर्न छोटो कार्यक्रम गरिएको बताउनुभयो । बिरामीको उच्च चाप हुने समयमा सबैलाई सचेतना जगाउने गरी भिडभाडमा मास्क लगाउन र हात नमिलाउन सन्देश प्रवाह भएको उहाँले जानकारी दिनुभयो ।

आफूलाई जचाउने चिकित्सक कर्मचारी नै उभिएर नमस्ते गरेपछि उपचारका लागि आएका बिरामी र तीनका आफन्तले अस्पतालको दृश्य हेरेर त्यसको कारणबारे सोधपुछसमेत गरेका थिए । प्रमुख तिवारीले चिकित्सक, कर्मचारीलाई उपचारका क्रममा उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

अस्पतालमा पाँच श्ययाको विशेष (आइसोलेसन)कक्ष स्थापना गरिसकिएको छ । अस्पतालका दुई जना विशेषज्ञ फिजिसियनलाई सो कक्षको जिम्मेवारीसमेत दिइएको छ । अस्पतालले त्यहाँ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीसँग कोरोना भाइरसका विषयमा विशेष अन्तक्र्रियासमेत गर्ने जनाएको छ ।

केन्द्रीय अस्पतालका रुपमा रहेको भरतपुर अस्पतालमा चितवनसहित १९ भन्दाबढी जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् । गत वर्ष तीन लाखभन्दा बढी बिरामीले अस्पतालबाट सेवा लिएका थिए । हाल दैनिक एक हजार २०० हाराहारी बिरामी बहिरङ्ग सेवामा उपचारका लागि आउने गर्दछन् । यसमध्ये झण्डै ७० जना रुघाखोकी र ज्वरोको हुने गरेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया