आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विद्यालयका दुई बसमा आगजनी, थप जानकारी आउँन बाँकी

प्रकाशित
1.7K
SHARES

काठमाडौं । हेटौँडा उपमहानगरपालका–५ पिप्लेमा रहेको जेनिथ इन्टरनेशनल विद्यालयको परिसरभित्र रोकीराखिएको दुई बसमा शनिबार राति आगलागी भएको छ । ना७ख ८७२८ र ना१क ३२१८ नंको बसमा आगलागी भएको स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । आगलागीबाट एउटा बस पूर्णरूपमा र अर्का आंशिक क्षति भएको जनाइएको छ ।

स्थानीयवासी र हेटौँडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएका थिए । आगलागी आफैँ अथवा कसैले गरेको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक अमर गजमेर र सुरेन्द्र श्रेष्ठसहितको टोली पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सडकमा पार्किङ गरी राखेको बसमा गए राति अज्ञात समूहले आगजनी गरेको छ। झापा कचनकवल–६ वनियानी बजारभन्दा केही तल राखिएको ना४ख १७७० नम्बरको त्रियुगा नामको बसमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

बस वनियानी–गाइघाट दैनिक सञ्चालन हुँदै आएको थियो। बुधबार राति पौने ९ बजे आगो लागेको इलाका प्रहरी कार्यालय वनियानीले देखपछि भद्रपुरको दमकल, कचनकवल गाउँपालिकाको ट्याङ्कर, स्थानीय प्रहरीले पूर्ण क्षति हुनबाट जोगाए पनि ८० प्रतिशत जलेको जिल्लाका प्रहरी उपरीक्षक केशव अधिकारीले जानकारी दिनुभयो।

आगलागीबाट यात्रु सिटलगायत बाहिरी भाग जलेको उहाँले बताउनुभयो। आगलागीका कारणका बारेमा अनुसन्धान शुरु गरिएको उहाँको भनाइ छ। याेपनिकैलालीको घोडाघोडी नगरपालिका–४ सिमथरीमा सडकको छेउमा राखिरहेको काक्रेविहार यातायातको ना४ख ७३५० नंको बसमा अज्ञात समूहले आइतबार राति आगजनी गरेको छ ।

केही दिनअघिदेखि त्यस क्षेत्रको बाटो छेउमा पार्कि¨ गरी राखिएको सो बसमा गए राति अज्ञात समूहले आगजनी गरेको सुखडस्थित इलाका प्रहरी कार्यालयका प्रमुख हरिशरण भट्टले जानकारी दिनुभयो । दैलेखका धनराज शाहीको नाममा रहेको सो बस उनका छोराले मासिक भाडामा उठाउँदै आएको जानकारी प्राप्त भएको प्रमुख भट्टले बताउनुभयो ।

प्रतिक्रिया