आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अविवाहित महिलाबारे अनुसन्धानले गर्यो यस्ताे खुलासा

प्रकाशित
1.6K
SHARES

एक नयाँ वैज्ञानिक अनुसन्धानले बालबच्चा नभएका अविवाहित महिलाहरु विश्वका सबैभन्दा खुसी मानिसमा पर्ने देखाएको छ । शिर्ष मनोविश्लेषकहरुको नेतृत्वमा गरिएको अध्ययनपछि यस्तो निष्कर्ष निकालिएको हो ।

एक्लो जीवन बिताइरहेका र बालबच्चा नभएका महिलाहरु घरेलु जिम्मेवारीको बोझ उठाइरहेका आफ्ना साथीहरुको तुलनामा अधिक स्वस्थ र लामो जीवन जीउने गरेको वेल्स स्थित प्रोफेसर डोलानले बताएका हुन् । डोलान ‘लन्डन स्कुल अफ इकोनोमिस्क’ मा व्यवहारिक विज्ञानका शिर्ष विश्लेषक हुन् ।

यस्तोमा सबैभन्दा पछिल्लो डाटाले पनि ‘खुसी रहन र सुखी जीवन बिताउन विवाह र मातृत्व जस्ता सामाजिक सफलताका पारम्परिक उपाय नै अपनाउनु पर्छ भन्ने जरुरी नभएको’ संकेत गरेको उनले बताए । यी विषयहरु खुसी जीवनको स्तरसँग सम्बन्धित नहुन पनि सक्ने उनको भनाइ छ ।

अनुसन्धानको यस्तो खुलासाले कुमार केटाहरुलाई भने पक्कै पनि दुखि तुल्याउनेछ । अर्काे राेचक प्रसंगमा छठमा आफ्नो घरमा ताल्चा लगाएर गाउा जानु एक व्यापारीका लागि निकै महागो साबित भयो । सुरुमा चोरले ६० लाख नगद चोरे र जाादा जाादै व्यापारी र उनकी श्रीमतीबारे ऐनामा आफ्ना भावना पनि लेखे ।

घटना भारतको पटनाको पत्रकार नगरको हो । पुलिसका अनुसार यहााका एक व्यापारीको घरमा चोरले ६० लाख नगद, गहनाबाहेक घरका हरेक महागा सामान चोरे । चोरले घर भित्रको मञ्जनसमेत पनि नछोडेको बताइएको छ ।

चोरले लिपस्टिकले ड्रेसिङ टेबलको सीसामा ‘भाउजु निकै राम्री हुनुहुन्छ’ लेखे भने दाइ अर्थात् व्यापारीका लागि भने उनीहरुले अपशब्दको प्रयोग गरे । चोरले थप लेखे, ‘भाउजु धन्यवाद, भगवानको कृपाले तपाईं धेरै उन्नती गर्नुहोस् ।’

चोरहरुले दराजदेखि खाट वरिपरिका सबै कुरा अस्तव्यस्त पारिदिएको बताइएको घटनास्थलका फोटो हेरेर भन्न सकिन्छ । पीडितले पत्रकार नगर थानामा चोरीको मामला दर्ता गरेका छन् ।

महिला पत्रकारलाई लाइभ रिपोर्टिङमै किस
एक महिला टेलिभिजन पत्रकारलाई लाइभ रिपोर्टिङ गरिरहँदा एक पुरुषले गालामा चुम्बन गरिदिए । यही साता सारा रिभेस्ट नामकी टेलिभिजन पत्रकारले केन्टकी फेस्टिबला पुगेर लाइभ रिपोर्टिङ गरिहकी थिइन् । त्यति नै बेला कालो चस्मा लगाएका ४२ वर्षे एक पुरुष छेउमै आएर गालामा किस गरेर हिँडे ।

रिभेस्टले भने ‘यो ठीक भएन’ भन्दै अनौठो हाँसो हाँस्दै आफ्नो रिपोर्टिङलाई निरन्तर राखिन् । अन्ततः चुम्बन गर्ने ती व्यक्तिको पहिचान भएको छ । साथै अहिले साराले उनीविरुद्ध शोषणको मुद्दा दायर गरेकी छन् । एरिक गुडम्यान नाम गरेका ४२ वर्षे पुरुषविरुद्ध पत्रकार साराले मुद्दा दायर गरेकी हुन् ।

तर ती व्यक्तिले आफ्नो गल्ती स्वीकार गर्दै माफी मागेका छन् । ‘तिम्रो काममा दख्खल पुर्याउनु मेरो गल्ती थियो, तिम्रो व्यक्तिगत अधिकार हनन गर्नु र तिम्रो भावनालाई कमजोर बनाउनु गल्ती थियो,’ एरिकले पत्र लेख्दै सारासमक्ष माफी मागेका छन् । तर त्यो रमाइलोका लागि गरिएको पनि उनको भनाइ छ । यदी यो घटनामा एरिक गलत ठहरिए ९० दिनसम्मको जेल वा २५० अमेरिकी डलर सजाय भोग्नुपर्ने छ ।

साराले पनि उनले फेरि यस्तो गल्ती दोहोर्याउनेमा आफूलाई विश्वास नभएको प्रतिक्रिया दिएकी छन् । यसअघि रुसमा भएको विश्वकप खेलको क्रममा पनि दर्जन बढी महिला पत्रकारमाथि यस्तै प्रकृतिका शोषण भएका थिए ।

प्रतिक्रिया