आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काठमाडौंको होटल भित्र यस्तो ड’र’ला’ग्दो अवस्थामा भेटिए एक बिदेशी नागरिक

प्रकाशित
1.9K
SHARES

काठमाडौं । काठमाडौँको सोल्टीमोडस्थित होटल ग्राण्ड भिलाको ११४ नम्बर कोठामा एक बङ्गलादेशीले आफ्नै साथीको ह’त्या गरेको खुलेको छ ।महानगरीय प्रहरीवृत्त कालीमाटीका अनुसारसँगै आएका दुला मियाँले मोहिद्दिन अहमदको ह’त्या गरेको प्रहरीले जनाएको छ । ढिला सूचना प्राप्त हुँदा ह’त्या गर्ने व्यक्ति भने नाका पार गरेर फ’रार भएका छन् ।

वृत्तका प्रमखु प्रहरी नायब उपरीक्षक रुगम कुँवरका अनुसार ह’त्यामा आर्थिक विषय जोडिएको आशङ्का गरिए पनि यकिन हुन सकेको छैन । उहाँका अनुसार अहमद सन् २०१५ देखि नेपाल आउजाउ गर्थे । उनी विभिन्न होटलको क्यासिनोमा जान्थे ।यसपाली उनीहरु यही माघ ६ गते जनवरी २० तारिखमा पछिल्लो पटक नेपाल आएका थिए । हिमालय एयरलाइन्सको सिट १० को वि र सीमा बसेर उनीहरु आएको खुलेको छ ।

एउटै कोठाको एउटै बेडमा बसेका व्यक्तिले भोलिपल्ट २१ तारिखमा टाउकामा बोतलले हा’नेर ह’त्या गरेको देखिएको कुँवरले जानकारी दिनुभयो । मा’रेर फ’रार भएपछि जनवरी २२ तारिख साँझ ४ः१५ बजे मात्रै प्रहरीलाई जानकारी आएको थियो । त्यो बेला अप’राधी भारत फ’रार भइसकेका थियो ।

प्रारम्भिक अनुसन्धानमा उसलाई कसैले मा’र्न लगाएको देखिएको उहाँले बताउनुभयो । उनीहरुका आफन्तले पनि सोही आशङ्का गरेका छन् । आवश्यक अनुसन्धान पूरा गरी तीन दिनअघि नै आफन्तले श’व लिएर गइसकेका छन् ।

उनी क्यासिनोका नियमित ग्राहक भएको बुझिएको छ । होटलमा दैनिक १५ सय भाडामा बसेका उनको ट्राभल एजेन्सी भएको खुल्न आएको छ । प्रहरीले घटना थाहा पाउँदा मियाँ भने रक्सौल हुँदै फ’रार भएको पाइएको प्रहरी अनुसन्धानमा खुलेको छ ।खाटमा सिरक ओढाएर सुतिरहेको जस्तो बनाएर श’व राखिएको अवस्थामा फेला परेको थियो ।

प्रतिक्रिया