आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पार्टी बैठकमा कोसँग किन डराए प्रधानमन्त्री ओली ?

प्रकाशित
1.5K
SHARES
k|d+ cf]nL ;Daf]wgsf7df8f}F, !% df3 M sf7df8f}+sf] /fli6«o;ef u[xdf a'waf/b]lv ;'? ePsf] g]kfn sDo'lgi6 kf6L{ -g]skf_ sf] s]G›Lo ;ldltsf] bf];|f] k""0f{ a}7sdf pkl:yt k|wfgdGqL s]kL zdf{ cf]nL a}7snfO{ ;Djf]wg ub}{ ;fydf g]skfsf cWoIf k''iksdn bfxfn …k|r08Ú nufot g]tfx? . t:aL/ Mk|bLk/fh jGt÷/f;;

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक बुधबारबाट काठमाडौंमा सुरु भएको छ । बैठकको अध्यक्षता पार्टी अध्यक्ष द्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका छन् । बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले उद्घाटन मन्तब्य राखे ।

उक्त उद्घाटन मन्तब्यमा ओलीले सत्तादेखि सडकसम्मका कुरा गरे । त्यसक्रममा उनले वैचारिक पूर्वाग्रह साँधेर पार्टी र सरकारविरुद्ध डरलाग्दो गरि प्रचार युद्ध छेडिएको आरोप लगाए । सरकारले राम्रा राम्रा काम मात्रै गरेको भनेर सबै केन्द्रीय सदस्यहरुलाई रिझाउन कोसिस गरे । करिब २ बर्षपछि बसेको पार्टी केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री ओली रक्षात्मकरुपमा प्रस्तुत भएका छन् ।

बैठकअघि ओलीले मंगलबार अर्का पार्टी अध्यक्ष प्रचण्डसँग दिनभरजसो छलफल गरेका थिए । केन्द्रीय कमिटीको बैठकका एजेण्डा तयार पार्न मंगलबार साँझ बालुवाटारमा नेकपा सचिवालयको बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री ओलीले माग गरे – भोलि मैले राष्ट्रिय सभागृहमा एमसीसी र यती लगायतका विषयमा बोल्न पाउनुपर्‍यो । सरकारको बचाउमा बोल्न पाउनुपर्‍यो ।

सचिवालयले प्रधानमन्त्रीलाई केन्द्रीय कमिटीको बैठकमा लामो भाषण गर्ने अनुमति दिएको थियो । तर, सचिवालयकै नेताहरु एकमत हुन नसकिरहेका मुद्दामा प्रधानमन्त्रीले गरेको जिरहबाट केन्द्रीय सदस्यहरु ‘कन्भिन्स’ भए या भएनन् ? यसको टुंगो बैठकमा अब बोल्ने केन्द्रीय सदस्यहरुको धारणाबाट लाग्ने नै छ ।

पछिल्लो समय नेकपाभित्र पनि ठूला नेतासँग कार्यकर्ताहरु डराउने, अनि कार्यकर्तासँग नेताहरु डराउने मनोविज्ञान विकसित हुन थालेको संकेत बुधबार राष्ट्रिय सभागृहमा देखिएको हो । नेकपाभित्र पार्टी नेतृत्वको कार्यशैली चित्त नबुझे पनि बोल्न सक्ने हिम्मतिला नेता– कार्यकर्ताको खडेरी छ ।

अधिकांश कार्यकर्ताहरु शीर्ष नेतृत्वको आलोचना गर्न डराउँछन् । तर, बुधबार प्रधानमन्त्री ओलीको सम्वोधन सुन्दा उनीसमेत आफ्नै केन्द्रीय सदस्यहरुसँग डराइरहेको प्रतीत हुन्थ्यो । बैठकमा उपस्थित केन्द्रीय नेताहरुलाई प्रधानमन्त्री ओलीले भने, ‘मेरो सम्बन्धमा कुनै आलोचना छ, सुझाव छ, टिप्पणी छ भने त्यो पनि कुरा गर्न सकिन्छ । र, त्यसलाई सच्याउन सकिन्छ ।’

तर, त्यसरी आलोचना गर्दा ‘आन्दोलनलाई नोक्सान पर्न नहुने’ ओलीले सुझाए । उनले भने, ‘त्यस प्रकारका वैयक्तिक असन्तुष्टिहरु या आक्रोशहरु या विरोधहरुले आन्दोलनमा प्रभावित गर्ने गरी जानु वाञ्छनीय हुँदैन । म साथीहरुलाई आग्रह गर्न चाहन्छु– हाम्रो सफलता हाम्रो युनिटीमा छ ।’

विगतमा उखान टुक्कासहित प्रस्तुत हुने प्रधानमन्त्री ओली बुधबार भने अलि त्रसितजस्तै देखिन्थे । सम्वोधनका क्रममा प्रधानमन्त्रीले भने, ‘म कमरेडहरुलाई आग्रह गर्न चाहन्छु, हामी सानातिना कुराहरुमा अल्झिनुहुँदैन । सानातिना कुराहरु केही छन् भने… हुन सक्छ, हामीयता (अगाडि) बस्नेहरुको आलोचना होला, त्यो ठूलो कुरो होइन, हामी सुन्न तयार छौं ।’

अध्यक्ष ओलीले अगाडि भने, ‘हुन सक्छ, दुई जना अध्यक्षको आलोचना होला । त्यो पनि सुन्न तयार छौं र सच्याउनुपर्ने ठाउँहरु छन् भने सच्याउन तयार छौं । यो देशका लागि गर्ने कुरा हो, व्यक्तिका लागि होइन । अहमको कुरा होइन, जिद्दीको कुरा होइन । देशका लागि गर्नुपर्ने कुरा हो ।’

प्रतिक्रिया