आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चितवनमा भएको यो घटनाले सबैलाई आश्चर्यचकित बनायो

प्रकाशित
1.2K
SHARES

काठमाडौं । चितवन जिल्लाका विभिन्न स्थानमा गरिएको स्वास्थ्य परीक्षणमा १०६ नयाँ एचआइभी सङ्क्रमित भेटिएका छन् । भरतपुर अस्पतालमा रहेको एन्टी रेक्ट्रो भाइरल थेरापी (एआरटी) सेन्टरका अनुसार सन् २०१९ मा २० हजार ६४६ को परीक्षणका क्रममा ती नयाँ सङ्क्रमण भेटिएको हो । सङ्क्रमितमध्ये १०४ ले नियमित औषधि सेवन गर्दै आएका छन् ।

सङ्क्रमितको सङ्ख्या ९९१ पुगेको छ । सेन्टरका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार एचआइभी सङ्क्रमितलाई क्षयरोगबाट जोगाउन ७०२ लाई औषधि प्रदान गरिएको छ । गत वर्षमा छ सङ्क्रमितले सुरक्षित बच्चा जन्माएका छन् । गत वर्ष १३ सङ्क्रमितले औषधि सेवन गर्न छाडेको उहाँले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरिक्षक हर्कबहादुर विश्वकर्माले मोटरसाइकलमा निकुञ्जको बाटो हुँदै माडीबाट बाँदरझुलातर्फ गइरहेका बाबु–छोराको गर्दामाडी नगरपालिका–९, पुरानो अम्बुबा पोष्टनजिकै हात्तीले आक्रमण गर्दा ज्यान गएको जानकारी दिए ।

प्रहरीका अनुसार हात्तीले एक रात्रिबस र बलेरोलाई सोही स्थानमा आक्रमण प्रयास गरेको थियो । यद्यपि, दुवै सवारी आक्रमणबाट जोगिएका थिए ।हात्तीको आक्रमणबाट २ जनाको ज्यान गएपछि वरपर त्रास फैलिएको छ ।चितवनमा जंगली हात्तीले ज्यान लिएको यो पहिलो घटना भने होइन । एक महिनाअघि माडी नगरपालिका–१ मा जंगली हात्तीको आक्रमणबाट स्थानीय पञ्चमाया तामाङको मृत्यु भएको थियो ।

चितवनको सिमसार क्षेत्रमा एउटा नयाँ प्रजातीको चरा फेला परेको बर्ड एजुकेसन सोसाइटी चितवनले जनाएको छ ।सिमसारमा बस्ने रोड्डी टर्नस्टोन नामको चरा फेला परेको बर्ड एजुकेसन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष वासु विंडारीले जानकारी दिए ।

नेपालमा यो चरा फेला परेको तेस्रो घटना भएपनि चितवनमा भने पहिलोपटक फेला परेको विंडारीको भनाइ छ । चराको अवस्था र बासस्थानको अवस्था पत्ता लगाउन चितवनमा पुसको अन्तिम सातादेखि दुई हप्तासम्म विभिन्न क्षेत्रमा भएको जलपक्षीको गणनाका क्रममा नयाँ चरा रेकर्ड भएको हो । यो सँगै जिल्लामा चराको सङ्ख्या ६३४ पुगेको छ ।

नेपालमा ८८७ प्रजातिका चरा छन् । नेपालमा पाइने चरामध्ये अधिकांश चरा चितवनमा देखिएकाले यहाँ चरा पर्यटनको राम्रो सम्भावना छ ।0चितवन निकुञ्ज आसपास क्षेत्रमा पानीमा पाइने चराको राम्रो बासस्थान छ । चितवनमा पाइने चरामध्ये करिब ६० प्रतिशत जल क्षेत्र र निकुञ्ज आसपासमा भेटिन्छन् । अहिलेको गणनामा चराको सङ्ख्यासमेत बढेको पाइएको चरा विज्ञहरुले जानकारी दिएका छन् ।

यसपालिको गणनामा पूर्वी चितवनको भण्डारास्थित मत्स्य विकास केन्द्रको परिसरमा समेत चराको अनुगमन भएको बर्ड एजुकेसन सोसाइटीले जनाएको छ । सोसाइटीको अगुवाइ र चितवन राष्ट्रिय निकुञ्जको सहयोगमा गणना थालिएको हो ।

गणनाका लागि ५० जना गाइड परिचालन भएका थिए । यहाँको ढुङ्ग्रेखोला, बूढी राप्ती, कसरा, राप्ती नदी, लामिताल, राप्ती घाट, तमोर ताल र विस हजारीतालमा चरा गणना भएको थियो ।
रासस

प्रतिक्रिया