आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चर्चित गायिका राउतलाई हिरासतबाटै स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल पुर्याइयो, केछ अवस्था

प्रकाशित
1.3K
SHARES

काठमाडौं । केही दिन अघिमात्रै त्रिभुवन बिमानस्थलमा एक महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउत प्रहरीसमक्ष उपस्थित भएकी छन् । उनी नातेदारसहित आज बिहान टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा उपस्थित भएकी हुन् ।

प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । परिवारको समन्वयमा उनी सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गरेकी हुन् । राउतलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि वीर अस्पतालमा लगेको छ । उनीविरु’द्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा मु द्दा चलाइने भएको छ ।

प्रतिक्रिया