आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपालमा झनै फैलिदै कोरोना भाइरस, यी क्षेत्रमा संक्रमित भेटिए

प्रकाशित
77.1K
SHARES

काठमाडौं । नेपालको छिमेकी मुलुक चीनमा महामारीको रुपमा फैलदै गएको कोरोना नेपाल आएको केही दिन भएको छ । मानव निर्मीत भनेर ब्याख्या भइरहेको यो भाइरसबाट नेपालमा थप दुई जना संक्रममित भएको आशंका गरिएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार थालिएको जानकारी दिइएको छ । अस्पताल स्रोतको अनुसार कोरोनाको आशंका गरिएका पुरुष २८ वर्ष र महिला ४८ वर्षका छन् । टेकु अस्पतालको आइसुलेसन वार्डमा उपचार गरिरहेका उनीहरु दुवैजना चीनबाट फर्किएका हुन् ।

कोरोनाको शंका लागेर अस्पताल पुगेकी महिला शनिबार माघ ११ गते टेकु अस्पताल पुगेकी थिइन् भने अर्का पुरुष माघ १० गते अस्पताल पुगेका थिए । अस्पतालका अनुसार चीनबाट फर्किनेहरु परामर्शका लागि पनि अस्पताल आइरहेका छन् । तीमध्ये २ जनालाई आशंका गरेर उपचार थालिएको हो । ती महिला चिनमा आयोजित एक कार्यक्रमबाट फर्केकी हुन् ।

अर्को तिर पुरुष विदेशबाट नेपाल फर्किंदा चीन ट्रान्जिट हुँदै आएका थिए । उनीहरुको स्याम्पल परीक्षणका लागि हङकङ पठाइएको र रिपोर्ट आएपछि मात्र पूर्ण रुपमा कोरोना संक्रमणबारे एकिन हुनेट । गत शुक्रबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै शुक्रवार स्वास्थ्य मन्त्रालयले चीनको वुहानबाट हालै फर्केका एक नेपाली विद्यार्थीमा सङ्क्रमण देखिएको बताएको थियो । तर ती व्यक्ति हाल निको भएर घर फर्किसकेको बताइएको छ ।

चीनको उहानबाट नेपाल फर्किएका नेपालीमा कोरोना भाइरस संक्रमण भएको पाइएपछि चीनमा रहेका आफन्तका नेपालीले चिन्ता गर्न थालेका छन्। तीन दिनदेखि उहानलाई चीनले सबै यातायातबाट विच्छेद गरेको छ। कोरोना भाइरस फैलिएको उहान र आसपासमा रहेका नेपालीले आफुहरू सुरक्षित रहेको बताएका छन्। उहानमा मात्र सयको हाराहारीमा नेपालीमा विद्यार्थी छन्। उहानको प्राविधिक विश्वविद्यालयमा सिभिल इन्जिनियरिङमा स्नातकोत्तर गर्दै गरेका इटहरीका सन्दीप उप्रेती दुई वर्षअगाडि चीन आएका हुन्। पहिले क्यान्टिनमा खाने गरेको तर यतिबेला वसन्त चाडले गर्दा रेस्टुरेन्ट र क्यान्टिन बन्द भएकाले आफुहरूले पकाएर खाँदै गरेको उप्रेतीले बताए।

बिदा भएकाले केही विद्यार्थी नेपाल फर्किएको र उहानमा रहेका सबै सकुशल रहेको उनले बताए। उप्रेतीले भने, ‘अहिले उहान सुनसान छ। कुनै पनि सार्वजनिक साधन चलेका छैनन्। विमानस्थलदेखि रेलवेस्टेसनसम्म्म बन्द छन्।’ कोरोना भाइरस संक्रमण बढेपछि विभिन्न माध्यमबाट आएका भ्रामक समाचार (फेक न्युज) का कारण चिनियाँ र विदेशीले दुःख पाएका छन्।

झ्याल पनि खोल्न नहुने, हेराहेर गर्दा आँखाबाटै भाइरस सर्ने, धोएर सुकाएको लुगाबाट पनि सर्ने, हवाईजहाजले आकाशबाट औषधि छर्ने, रक्सी खाँदा ठीक हुनेजस्ता भ्रामक समाचारले अन्योल बढाएपछि चीन सरकारले त्यस प्रकारका गतिविधि गर्नेलाई कारबाही गर्ने बताएको समाचार नागरिक दैनिकमा छ। विभिन्न विदेशी सञ्चारमाध्यमले पनि अवस्थालाई बढाईचढाई गरेर उछालेको भन्दै चीनले सचेत गराएको छ।

उत्तरी छिमेकी चीनमा यतिबेला ‘कोरोना भाइरस’ले त्रासदी फैलाएको छ । यो भाइरसका कारण त्यहाँ कतिपयको मृत्यु समेत भइसकेको छ । भाइरसले सैयौं प्रभावित छन् । भाइरसबाट थप क्षति नहोस् भनेर उच्च सर्तकता अपनाएको छ ।

यो भाइरस चीनको बुहानबाट सुरु भएर बेइजिङ, मकाउ, ताइवान हुँदै धेरैतिर फैलिदैछ । अमेरिका, अष्ट्रेलिया, थाइल्यान्ड, दक्षिण कोरियासम्म फैलिएको छ । भाइरस फैलिएपछि विश्वभरकै विमानस्थलमा सावधानी अपनाउन थालिएको छ ।

के हो त कोरोना भाइरस ?

जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो यो । यो भाइरस गएको डिसेम्बरमा पत्ता लागेको थियो । कोरोना भाइरस विभिन्न प्रकारका छन् । यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो । अहिले भने त्यसभन्दा फरक नयाँ प्रकारको कोरोना भाइरस फैलिएको हो

यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरु कोरोना भाइरस भन्दा तिब्र एवं धेरै छ । स्वास्थ्य विशेषज्ञहरुले यो निकै भयानक रहेको बताइरहेका छन्

कसरी थाहा पाइन्छ ?

जाडोको मौसम छ । यतिबेला रुघाखोकी लाग्नु सामान्य मानिन्छ । जबकी कोरोना भाइरसले संक्रमण गरिसकेपछिको सुरुवाती लक्षण पनि यस्तै हुन्छ । त्यसैले यसबाट कतिपय झुक्किन सक्छन् । रुघाखोकी जस्तै लागेपनि यो सामान्य रुपमा रहँदैन । त्यसपछि क्रमस उच्च ज्वरो आउँछ, टाउको दुख्छ, सास फेर्न गाह्रो हुन्छ । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।

यसको डरलाग्दो पक्ष के भने, यो भाइरस एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्छ । यसरी सर्दैसर्दै मान्छेसम्म पुग्छ ।

कसरी सुरक्षित रहने ?

यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो । रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिने नै हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कले चीनबाट नेपाल आएका एक जना अमेरिकी नागरिकलाई कोरोना भाइरस संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल सेन्टर तथा सरुवा रोग अस्पताल पठाएको छ ।

चीन ट्रान्जिट बनाएर नेपाल आएका उनलाई विमानमै ज्वरो आएकाले थप परीक्षणका लागि अस्पताल पठाइएको हो । विमानस्थल स्रोतले भन्यो, ‘चीनमा तीन घण्टामात्रै बिताएका रहेछन् । तर विमानस्थलमा स्क्रिनिङ गर्दा ज्वरो आएको पाइएपछि टेकु पठाएका हौं ।’

कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क स्थापना गरेको छ, जहाँ शुक्रबारदेखि थर्मल स्क्यानर मेसिन जडान गरिएको थियाे।

विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)को समन्वयमा ल्याइएको यो मेसिन सञ्चालनमा आएपछि अब सबै विमानका यात्रुहरु अध्यागमनमा जानुअघि नै ज्वोरो नाप हुन्छ । यसअघि चीन, थाइल्याण्ड, जापान र कोरियाबाट आएका शंकास्पद यात्रुको मात्रै स्वास्थ्य परीक्षण हुन्थ्यो ।

विमानस्थल हेल्थ डेस्कमा कार्यरत एक कर्मचारीकाअनुसार थर्मल स्क्यानरले सबै हवाई यात्रुको फेस अटोमेटिक रूपमा डिटेक्ट गरी ज्वरो परीक्षण गर्छ । हेल्थ डेस्कका एक कर्मचारीले भने, ‘यो मेसिन आएपछि ५ सय जनासम्म यात्रुलाई एकै पटक स्क्रिनिङ गर्न मिल्छ ।’

चीनमा डिसेम्बर ३१ मा पहिलो पटक देखिएको नयाँ कोरोना भाइरसको संक्रमण अहिले दर्जन बढी मुलुकमा फैलिसकेको छ भने चीनमा मात्रै ५६ जनाको ज्यान गइसकेको छ । २००० जना भन्दा बढीमा संक्रमण भएको पाइएको छ ।

प्रधानमन्त्रीको निर्देशन

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि आवश्यक सबै तयारी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन् ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई आइतबार बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।

स्वास्थ्य मन्त्रालयले आइतबार आकस्मिक रुपमा कोरोना भाइरसबारे प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गर्ने निर्णय गरेको थियो । मन्त्रालयले वीर, शिक्षण, पाटन र निजामती अस्पताललाई ‘आइसोलेसन वार्ड’ बनाएर तीन दिनभित्र योजना पेस गर्न निर्देशन दिएको छ । त्यसैगरी, उपत्यका बाहिरका केन्द्रीय अस्पतालहरुलाई पनि तयारी अवस्थामा रहन भनिएको छ ।

सर्तक बसौं, आतंकित नबनौं

जनस्वास्थ्य वैज्ञानिक डाक्टर समीरमणि दीक्षितकाअनुसार, कोरोनाको संक्रमण छिटो सरिरहेको छ, तर रोगले मृत्यु निम्त्याउने क्षमता सार्स र मेर्सभन्दा निकै कम देखिन्छ ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको प्रेस विज्ञप्तिमा पनि रोग लागेका र मृत्यु भएकाको अनुपात ४ प्रतिशत भएको उल्लेख छ । यसको मतलब १०० जना संक्रमित भएकामा ४ जनाको मृत्यु हुनसक्छ । कोरोनालाई तुलनात्मक रुपमा कमजोर भाइरस भएको बताउँदै डाक्टर दीक्षित भन्छन्, ‘यो भाइरस लागेर मृत्यु हुनेहरु विशेषगरी दीर्घरोग लागेकाहरु र ७० वर्षमाथिका छन् । १५ दिनसम्म भाइरसको संक्रमण हुँदा पनि बाँच्नेहरु छन् ।’

विश्व स्वास्थ्य संगठनकाअनुसार, यसअघि सार्स र मेर्समा देखिएको मृत्युको अनुपात क्रमशः १५ प्रतिशत र करिब ४० प्रतिशत थियो । यसैगरी, इन्फ्लुएन्जा ए, एच ५ एन १ (एभियन फ्लू) मा यो अनुपात करिब ६५ प्रतिशत थियो भने इन्फ्लुयन्जा ए, एच १ एन १ मा एक प्रतिशतभन्दा पनि कम । यो तथ्याकंले पनि अन्य दीर्घरोग नबोकेका मानिसहरु कोरोनाबाट धेरै डराउनु नपर्ने देखाउँछ ।

विश्वस्वास्थ्य संगठनको तथ्याकंलाई उदाहरण दिँदै दीक्षित भन्छन्, ‘हाल देखिएको कोरोना भाइरसलाई सार्स र मेर्सभन्दा कमजोर भन्न मिल्छ । त्यसैले विश्व स्वास्थ्य संगठनले हेल्थ इमर्जेन्सी घोषणा गरेको छैन ।’

शक्रराज ट्रपिकल सेन्टर तथा सरुवा रोग केन्द्रका डाक्टर शेरबहादुर पुन पनि अहिलेको स्थितिमा कोरोना भाइरससँग डराउनु नपर्ने बताउँछन् । अधिकांश अवस्थामा कोरोना भाइरसविरुद्ध मानव शरीरको आफ्नै जैविक प्रतिरोध क्षमता लड्नसक्छ । तर एचआईभी, डायबिटिज, मृगौलालगायतका दीर्घ रोग भएकाहरु तथा बाल र वृद्धहरुले विशेष सावधानी अपनाउनुपर्छ । ‘हामी चिकित्सकहरु परामर्श दिन र जाँच गर्न तयार छौं, विमानस्थलमा स्क्रिनिङ भइरहेको छ’, डाक्टर पुन भन्छन्, ‘कोरोना भाइरस लाग्नासाथ मृत्यु हुने पनि होइन । त्यसैले सर्तक बसौं, आतंकित नबनौं ।’

थप दुई जनामा संक्रमणको आशंका

नेपालमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित एक जना भेटिएका छन् । आज आइतबार थप दुई जनालाई कोरोना भाइरसको संक्रमण भएको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार थालिएको छ ।

अस्पताल स्रोतकाअनुसार कोरोनाको आशंका गरिएका पुरुष २८ वर्ष र महिला ४८ वर्षका छन् । टेकु अस्पतालको आइसुलेसन वार्डमा उपचार गरिरहेका उनीहरु दुवैजना चीनबाट फर्किएका थिए ।

ती महिला चीनमा आयोजित एक कार्यक्रमबाट फर्केकी थिइन् भने पुरुष विदेशबाट नेपाल फर्किंदा चीन ट्रान्जिट हुँदै आएका थिए । उनीहरुको स्याम्पल परीक्षणका लागि हङकङ पठाइएको र रिपोर्ट आएपछि कोरोना संक्रमण भए/नभएबारे यकिन हुने स्रोतले बताएको छ ।

यही हप्ताभित्र जनस्वास्थ्य प्रयोगशालामा परीक्षण

कोरोनाप्रति सतर्कता अपनाउन थालिएको भए पनि संकमण भए/नभएको पत्ता लगाउन भने कठिनाइ भइरहेको छ ।

गत वैशाखमा बर्डफ्लूको कारण एक युवाको मृत्यु हुदाँ स्वास्थ्य मन्त्रालयले एक महिनापछि मात्रै थाहा पाएको थियो । नेपालमा बर्डफ्लू परीक्षण गर्न किट नभएकै कारण युवकको मृत्युको कारण पत्ता लगाउन एक महिना कुर्नु परेको थियो । बर्डफ्लूको आशंकामा अस्पताल पुगेका ती युवकको नमूना हङकङ पठाइएको थियो । हङकङको ल्याबले बर्डफ्लू पुष्टि गरेपछि मात्रै स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया