आज : गते

ताजा शिर्षकहरु

विप्लवको चेतावनीपश्चात पनि ओली-प्रचण्ड एमसीसी पास गर्ने योजनामा, भयो यस्तो सहमति

प्रकाशित
2.4K
SHARES

काठमाडौं । विप्लवको चेतावनी पश्चात पनि अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच समझदारी भएको छ । नेकपाको स्थायी कमिटीले एमसीसीबारे निर्णय गर्न सचिवालयलाई जिम्मेवारी दिएपछि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच एमसीसी अनुमोदन गराउन समझदारी भएको हो ।

बिहीबार दुई अध्यक्षबीच भएको छलफलमा एमसीसीलाई सचिवालयमा नलगी सोझै संसदमा टेबुल गर्ने समझदारी भएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए । नेकपा भित्रै एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्ने तीव्र मतभेद भइरहेका बेला अध्यक्षद्वयले जिम्मेवारी लिएर आवश्यक बुँदा परिमार्जनसहित एमसीसीको प्रस्ताव सोझै संसदमा लैजाने भद्र सहमति गरेको रिमालले बताए ।

दुई अध्यक्षबीचको समझदारीपछि आज (शुक्रबार) नवलपरासीमा आयोजित पार्टी कार्यकर्तालाई प्रशिक्षण कार्यक्रममा प्रचण्डले एमसीसीका केहि बुँदा परिमार्जन गरेर संसदबाट अनुमोदन गर्ने बताएका थिए । उनले पार्टीका कार्यकर्ता समक्ष नेकपाले राष्ट्रिय हीत विपरीतका कुनै सम्झौता स्वीकार्य नहुने बताउँदै एमसीसीबारे अमेरिकासँग संवाद गरेर आवश्यक परिमार्जन सहित अघि बढ्ने बताएका छन् ।

यता नेकपाका बरिष्ठ नेता झलनाथ खनालले भने एमसीसीका विषयमा सचिवालयमा कुनै छलफल नभएको बताए । ‘स्थायी कमिटी बैठकले आवश्यक छलफलपछि निर्णय लिने भनेर सचिवालयलाई जिम्मेवारी दिएको छ । तर, यो विषय सचिवालयको कुनै बैठकमा उठेको छैन् ।’ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल राजपा, कमल थापा नेतृत्वको राप्रपाले पनि एमसीसी बिलम्ब नगरी चाँडै संसदबाट अनुमोदन गर्नुपर्ने बताउँदै आएका छन् ।

अहिले एमसीसीको चौतर्फी बिरोध भइरहेको छ । जनस्तरमा समेत समेत नेपाललाई अमेरिकी उपनिवेश बनाउन लागिएको भन्दै व्यापक बिरोध सुरु भएको छ । उता विद्रोही नेपाल कम्युनिष्ट पार्टीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सदनमा प्रेस भए व्यापक संघर्षमा जाने चेतावनी दिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली र काँग्रेस र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले एमसीसी पारित गर्ने अड्डी लिएका बेला विद्रोही नेपाल कम्युनिष्ट पार्टीले त्यसो नगर्न चेतावनी दिएको हो ।

एमसीसी प्रस्ताव सदनमा दर्ता गरिएको खण्डमा त्यसका विरुद्ध नेपाल बन्दसहित सङ्घर्षका थप कार्यक्रमहरू घोषणा गर्ने नेकपाले जनाएको छ । अमेरिकी सरकारको एमसीसी प्रस्तावले नेपाल सरकार र नेपालको कानुनका कतिपय पक्षलाई सुरुमै निषेध गरेको छ । त्यसप्रकारको राष्ट्रघाती प्रस्तावका विरुद्ध नेपाली जनता सडकमा उत्रिएका छन् । नेपाल कम्युनिस्ट पार्टीले ओली सरकारले एमसीसीका नाममा नेपाललाई अम्र्रिकी सैन्य अखडा बनाउन खोजेको भन्दै उक्त प्रस्ताव सदनमा प्रस्तुत गरिए तत्काल नेपाल बन्दसहित सङ्घर्ष घोषणा गर्ने जनाएको छ ।

नेपाल बन्दलाई वैधानिक आन्दोलनको उच्च रूप मानिन्छ । नेपालका सबै पार्टी र संस्थाहरूले समयसमयमा त्यो रूपलाई प्रयोग गर्दै आएका छन् । नेपाल कम्युनिस्ट पार्टीले तेस्रो चरणको जनसङ्घर्षका कार्यक्रम घोषणा गरेको छ । कालापानी क्षेत्रमा भारतको अतिक्रमण, एमसीसी प्रस्तावसहित राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षामा नेकपा निरन्तर लड्दै आएको छ ।

नेकपाले माघ १ गतेदेखि १५ गतेसम्म एमसीसी प्रस्तावका विरुद्ध सरकारी षड्यन्त्र र विकासे नाराभित्रको दलाल चरित्रको भन्डाफोर गर्ने बताएको छ भने माघ ५ गते सरकारलाई ज्ञापनपत्र बुझाएको छ । त्यसैगरी माघ १० गते काठमाडौँस्थित अमेरिकी दूतावास र माघ १२ गते संयुक्त राष्ट्रसङ्घको ललितपुर, हरिहर भवनस्थित सभाकै कार्यालयमा एमसीसी प्रस्तावका विरुद्ध ज्ञापनपत्र दिने भएको छ ।

अमेरिकी दूतावासमार्फत अमेरिकी सरकारलाई आन्तरिक मामिलामा हस्तक्षेप नगर्न दबाब दिइनेछ भने संयुक्त राष्ट्रसङ्घलाई अमेरिकाले नेपालमा सैन्य हस्तक्षेपमार्फत अशान्ति र द्वन्द्व मच्चाउन गर्न खोजेकाले नेपालको स्वतन्त्रताका पक्षमा भूमिका निर्वाह गर्न ध्यानाकर्षण गरिने बताइएको छ ।

नेपाल कम्युनिस्ट पार्टीले दुई साताव्यापी जनसङ्घर्षका कार्यक्रम पनि घोषणा गरेको छ । देशव्यापी रूपमा गिरफ्तार गरेर जेल र प्रहरी हिरासतमा राखिएका नेकपाका नेता–कार्यकर्ताको फोटोसहित माघ १० गते जुलुस प्रदर्शन गरिने भएको छ । विचार, नेतृत्व, भावना र कार्यदिशा स्थापित गर्ने नयाँ शैलीका रूपमा यसलाई हेरिएको छ ।

माघ १६ गते जहानिया राणा सरकारले विसं १९९७ मा हत्या गरेका गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्री (जोशी) को सम्मान तथा स्मरणमा देशव्यापी प्रभातफेरी गरिने भएको छ । यसप्रकारको कार्यक्रमले संयुक्त मोर्चाको विकासमा नयाँ शैली, मनोविज्ञान र विचारको विकास गर्न अनुकूलता पैदा गर्नसक्छ ।

माघ १८ गते महँगी–आतङ्कविरुद्ध जुलुस प्रदर्शन गर्ने, माघ २० गते खुला सांस्कृतिक कार्यक्रम र माघ २५ गते कालापानी क्षेत्र अतिक्रमण, एमसीसी प्रस्ताव, ललिता निवासलगायत भ्रष्टाचार र श्वेतआतङ्कका विरुद्ध देशका सहरी क्षेत्रहरूमा गोष्ठी, अन्तरक्रिया, संवादमार्फत जनमत निर्माण गर्ने नेकपाले जनाएको छ ।

हालै इराकी सरकारले अमेरिकी सेना फिर्ता पठाउने बताए पनि अमेरिकी सरकारले भने इराकमा ठुलो लगानी गरेका कारण फिर्ता नजाने बताएको छ । एमसीसीबिरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै नेताहरु पनि बोलिरहेका छन् । नेकपा नेताहरु भीम रावल, माधव नेपाल, देव गुरुङ लगायतका नेताले एमसीसी पास गर्न नहुने पक्ष लिएका छन् ।

प्रतिक्रिया