आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने, सापकोटा निर्विरोध निर्वाचित हुने सम्भावना

प्रकाशित
868
SHARES

काठमाडौं । संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको भावी सभामुख पदका लागि उम्मेदवारी नदिने भएको छ । मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।

प्रतिनिधिसभामा स्पष्ट बहुमत रहेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । संघीय संसद सचिवालयले जारी गरेको निर्वाचन कार्यतालिकाअनुसार सापकोटाले मंगलबार बिहान सभामुखका लागि उम्मेदवारी समेत दर्ता गरिसकेका छन् ।

नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको प्रस्ताव तथा नेकपाका प्रमुख सचेतक देव गुरुङ, नेकपाकै सांसद एवम् पूर्व सभामुख ओनसरी घर्ती र राजपा नेपालका सांसद लक्ष्मणलाल कर्णको समर्थनमा सापकोटाले सभामुखको उम्मेदवारी दर्ता गरेका हुन् ।

प्रतिनिधिसभाको दोस्रो ठूलो तथा प्रमुख प्रतिपक्षी दलले भने सभामुखमा उम्मेदवारी दिएन । मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखमा उम्मेदवार नदिने निर्णय गरेको थियो ।

सभामुखका लागि नेकपाका उम्मेदवार सापकोटालाई संघीय संसदको चौठो ठूलो दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले समेत समर्थन गरेको छ । राजपकाको समर्थनसँगै सभामुख निर्वाचनका लागि नेकपा उम्मेदवार सापकोटाको पक्षमा दुई तिहाइ बहुमत जुटेको छ । यद्यपि, नेकपा सांसद सापकोटा निर्विरोध निर्वाचित हुने संभावना पनि छ ।

प्रतिनिधिसभाको दोस्रो ठूलो दल कांग्रेसले उम्मेदवार नउठाउने निर्णय गरेपछि सापकोटा निर्विरोध निर्वाचित हुने संभावना बढेको हो । संघीय संसद सचिवालयले जारी गरेको निर्वाचन कार्यतालिकाअनुसार मंगलबार दिउँसो २ बजेसम्म मात्रै सभामुख पदका लागि उम्मेदवारी दर्ता गर्न सकिने छ ।

सचिवालयले मंगलबार दिउँसो साढे २ बजे नै सभामुखको उम्मेदवारको अन्तिम सूची प्रकाशन गर्ने छ । प्रतिनिधिसभाको माघ १२ गते बस्ने बैठकमा सभामुख निर्वाचनका लागि उम्मेदवारहरुको प्रस्ताव निर्णयार्थ पेश गरिने छ । एउटा मात्रै उम्मेदावरी परेका हकमा भने निर्विरोध निर्वाचित भएको घोषणा गरिने छ ।

प्रतिक्रिया