आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिका र चीनबीच बल्ल भयो यस्तो सम्झौता, अब के होला ?

प्रकाशित
1.3K
SHARES

काठमाडौं । इरानसँग तनाव बढिरहेका बेला अमेरिकाले चीनसँग नयाँ सम्झौता गरेको छ । २ देशबीच व्यापार युद्ध कम गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । वाशिंगटनमा प्रतिष्ठित व्यापारीहरुको सहभागीतामा दुवै देशका अधिकारीहरुबीच व्यापार युद्ध कम गर्ने सम्झौता भएको हो । अमेरिका र चीनबीच लामो समयदेखि चलेको व्यापार युद्धले विश्वभरको अर्थव्यवस्थामै नकारात्मक असर परेको थियो ।

सम्झौतामा हस्ताक्षरपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग अझै बलियो सम्बन्ध सुरु हुने बताए । उनले भने, ‘हामी दुवै मिलेर विगतका गल्ती सच्याउँदै छौं । हामी मिलेर आर्थिक न्याय र सुरक्षित भविष्य तयार गर्दै छौं । सम्झौता आफ्नो ठाउँमा छ, त्योभन्दा ज्यादा यो विश्वमा शान्ति ल्याउने कोसिस हो ।’

यस्तै चीनका नेताहरुले यस सम्झौतालाई हरेक प्रकारले फाइदाको सम्झौता भन्दै यो सम्झौताबाट दुवै देशबीच सम्बन्ध सुधार हुने बताए । सम्झौताअनुसार चीनले आफ्नो अमेरिकी आयातलाई २ सय मिलियन डलरसम्म बढाउने प्रतिबद्धता जनाएको छ । यस्तै अमेरिकाले केही चिनियाँ उत्पादनमा लगाइएको अतिरिक्त शुल्क ५० प्रतिशतसम्म घटाउन तयार भएको छ ।

अमेरिकाले चीनलाई बौद्धिक चोरीको आरोप लगाएपछि अमेरिकाले कतिपय चिनियाँ उत्पादनमा आयात निषेध गरेको थियो । आयात हुने चिनियाँ वस्तुमा पनि भारी मात्रामा अतिरिक्त शुल्क लगाएको थियो । त्यसको बदलामा चीनले पनि अमेरिकी उत्पादनमा सोही प्रकारको निर्णय गरेको थियो । सन् २०१८ देखि अमेरिका र चीन ‘जस्तालाई त्यस्तै’ रणनीतिमार्फत् व्यापार युद्धमा लागेपछि विश्वभर नै लगानीमा असर परेको थियो ।

तर अमेरिकाले मुद्राको मूल्य चलखेलमा भूमिका खेलेको भन्दै चीनमाथि लगाएको आरोप फिर्ता लिएको छ । अमेरिकाको अर्थ मन्त्रालयले चीनलाई ‘मुद्राको मूल्यमा चलखेल गर्न भूमिका खेल्ने राष्ट्र’ भनी लगाएको आरोप फिर्ता लिएको बीबीसीले जनाएको छ। अमेरिकाले सो निर्णयको पछाडि आफ्नो उत्पादन सस्तो देखाउन आफ्नो मुद्राको अवमूल्यन नगर्ने चीनको प्रतिबद्धता रहेको बताइएको छ।

चीन र अमेरिकाबीच व्यापारिक तनाव कम गर्नका लागि एउटा प्रारम्भिक सम्झौता हुनुभन्दा दुई दिन अघि अमेरिकाले त्यस्तो घोषणा गरेको हो। गत अगस्टमा अमेरिकाले चीनलाई सो आरोप लगाएको थियो। यो आरोपपछि सेयर बजार ओरालो लागेको थियो। यो हप्ता हुने व्यावसायिक सम्झौताका कारण अमेरिकाको सेयर बजार उच्च विन्दुमा पुगेको छ।

प्रतिक्रिया