आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

शिष्यमाथि यस्तो गम्भीर अ’परा’ध गरेको अभियोगमा तान्त्रिक बाबा पक्राउ, हेराै कारण सहित

प्रकाशित
1K
SHARES

काठमाडौं । पछिल्लो समय नेपालमा बाबा बन्दै हिड्नेहरु धमाधम पक्राउ पर्न थालेका छन् । यो बीचमा शिष्यलाई ठगी गरेको आरोपमा शिवानन्द स्वामी भनिने दिपक भण्डारी पक्राउ परेका छन् । महानगरीय अ’परा’ध अनुसन्धान महाशाखा टेकुको टोलीले आज भण्डारीलाई नियन्त्रणमा लिएको हो ।

महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार उनले शिष्यलाई विदेश पठाइदिन्छु भन्ने आश्वसन देखाएर रकम ठग्दै आएका थिए । महाशाखामा ४ जना शिष्यले उनीविरुद्ध उजुरी दिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
अरु पनि पीडित हुन सक्ने भन्दै अनुसन्धान गरिरहेको पनि उहाँले स्पष्ट पार्नुभयो । चेक रिपब्लिक पठाउने भनिए पनि भण्डारीको त्यस देशमा पठाउनलाई कुनै सम्बन्ध नदेखिएको प्रहरीको ठहर छ । भण्डारीले आफूलाई तन्त्रविद्याको विज्ञका रुपमा प्रहरीसँग परिचय गराएका छन् ।

त्यसैबसच  नवलपुर, तनहुँ र चितवनको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति मेला लाग्दैछ । गत वर्षभन्दा अझै बढी व्यवस्थित र सहज स्नान गर्न सकिने गरी मेला व्यवस्थापन तथा सुरक्षाको काम गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बताउनुभयो ।
माघे सङ्क्रान्ति मेला भर्न नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत भक्तजन आउने गर्दछन् । त्रिशूली र कालीगण्डकी नदीको सङ्गमस्थलमा भक्तजनहरुको घुइँचो लाग्ने हुँदा मेलालाई सुरक्षित र सहज बनाउन हरेक वर्ष चुनौती सामना गर्नुपर्ने पौडेलले बताउनुभयो ।

देवघाट मेलाको नामले समेत परिचित मेलालाई व्यवस्थित बनाउन १५ वटा विभिन्न उपसमिति बनाएर काम अघि बढाइएको छ । मेलामा खानेपानी, विद्युत्, यातायात, जलयात्रा, पार्किङ, प्राथमिक उपचारलगायतका विषयमा कुनै पनि गुनासो नआउने गरी तयारी गरिएको पौडेलले बताउनुभयो । देवघाटमा माघे सङ्क्रान्ति मेला भर्नका लागि अघिल्लो रातबाट नै भक्तजनहरु आउने हुँदा सोहीअनुसारको व्यवस्थापन गरिएको पौडेलको भनाइ छ ।

दर्शनार्थीलाई हिँड्न र स्नान गर्न सहज होस् भनेर बाटो सम्याउने, ढुङ्गा राख्ने काम भएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरनबाबु घिमिरेले बताउनुभयो । देवघाटको जीर्ण बन्दै गएको झोलुङ्गेपुलसमेत मर्मत गरी दुई लाममा भक्तजनलाई नदी वारपार गर्ने व्यवस्था गरिएको घिमिरेले जानकारी दिनुभयो । मेला अवधिभर देवघाट क्षेत्रमा मांस मदिरापान निषेध गरिएको घिमिरेले बताउनुभयो ।

अघिल्ला वर्षका मेलामा कुरिनटारमा रहेको सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालीम शिक्षालयका गोताखोरको टोली मात्रै उद्धारमा खटिने गरेकामा यस वर्षबाट नेपाली सेनाको गोताखोर टोलीसमेत थपिएको घिमिरेले बताउनुभयो । गोसाइँकुण्डबाट बग्दै आएकी त्रिशूली र मुक्तिनाथबाट आएकी कालीगण्डकीको वेणी सङ्गम देवघाटमा माघे सङ्क्रान्तिका दिन नुहाउँदा धार्मिक फल प्राप्त हुने विश्वास छ ।
स्वदेशका मात्रै नभएर भारतका हिन्दूहरु पनि यस दिनमा स्नान गर्न यहाँ आउने गर्दछन् । माघे सङ्क्रान्तिमा देवताहरु पनि नुहाउन, तीर्थ गर्न देवघाट आउने मान्यता रहँदै आएको छ ।

प्रतिक्रिया