आज : गते

ताजा शिर्षकहरु

उपसभामुख तुम्बाहाङ्फेले पार्टी निर्णयलाई यसकारण दिइन् चुनौती

प्रकाशित
1.8K
SHARES

काठमाडौँ । शुक्रबार बिहान प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले उपसभामुख शिवमाया तुम्बाहाङ्फेसँग छलफल गरे । ओली र दाहालले तुम्बाहाङ्फेलाई सभामुख चयन प्रक्रिया सहज बनाउनका लागि राजीनामा दिन सुझाए। अध्यक्षद्वयले तुम्बाहाङ्फेलाई उपसभामुख पदबाट राजीनामा दिन गरेको यो पहिलो आग्रह थियो।

तर उपसभामुखतुम्बाहाङ्फेले निर्वतमान सभामुख कृष्णबहादुर महराले गरेको गल्तीको आफू भागीदार नहुने भन्दै राजीनामा नदिने बताइन्। उनले आफू सभामुखका लागि योग्य पात्र भएको भन्दै योग्यताको लिस्ट नै अध्यक्षद्वयलाई पेस गरिन्। र,मिडियासँग भनिन्, ‘म राजीनामा दिन्नँ,हटाउने भए महाअभियोग लगाएर हटाउनुस्।’

आफूहरूको आग्रहलाई तुम्बाहाङ्फेले अस्वीकार गरेपछि सत्तारुढ दलका दुई अध्यक्ष असन्तुष्ट बने। शनिबार दिउँसो नेकपा सचिवालयको बैठक डाके। बैठकले उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा दिन निर्देशन दियो।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठको प्रतिक्रिया थियो, ‘सभामुख पदमा नेकपाले उम्मेदवारी दिने निर्णय गरेको छ। त्यसका लागि उपसभामुख पदमा हाम्रो पार्टीबाट निर्वाचित शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिनुहुनेछ। पार्टीले उनलाई राजीनामा दिन आग्रह गरेको छ।’पार्टीले नै निर्णय गरेर तुम्बाहाङ्फेलाई राजीनामा दिन गरेको आग्रह यो दोस्रो थियो। नेकपाको निर्णय बाहिर आउँदाआउँदै त्यसलाई पनि उपसभामुख तुम्बाहाङ्फेले चुनौती दिइन्। उनले आइतबारको संसद बैठक आफैंले चलाउने तर राजीनामा नदिने बताइन्।

पार्टी निर्णयलाई तुम्बाहाङ्फेले चुनौती दिएपछि आइतबार बिहान अध्यक्षद्वय ओली–दाहाल र महासचिव विष्णु पौडेलले उपसभामुख तुम्बाहाङ्फेलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर पार्टी निर्णयबारे औपचारिक जानकारी दिए। र,उनलाई राजीनामा दिन फेरि आग्रह गरे। महासचिवसहित अध्यक्षद्वयले तुम्बाहाङ्फेलाई राजीनामा दिन गरेको आग्रह,यो तेस्रो थियो।

आइतबार पनि तुम्बाहाङ्फेले अध्यक्षद्वयसहित महासचिवलाई भनिन्, ‘तपाईंको निर्णय तपाईं नै फिर्ता लैजानुस्। म राजीनामा दिन्नँ।’ तुम्बाहाङ्फेले राजीनामा नदिने बरु संसद बैठक सञ्चालन गर्ने अडान लिएपछि अध्यक्षद्वयले उनीसँग केही समय मागे। समयकै लागि केही दिन संसद बैठक स्थगित गर्न भनेका थिए। त्यसैअनुसार उनले माघ ६ गते सम्मका लागि संसद बैठक स्थगित गरेकी छन्।

तुम्बाहाङ्फे तत्कालीन एमालेको तर्फबाट उपसभामुखमा चयन भएकी थिइन्। आखिर पार्टी निर्णयअनुसार उपसभामुख भएकी तुम्बाहाङ्फेले किन पार्टीको निर्णयलाई चुनौती दिइन् त?

‘कोही पनि व्यक्ति पार्टीभन्दा माथि हुँदैन। पार्टीले गरेका निर्णयलाई सर्वोपरी राख्नुपर्ने हुन्छ। कहिलेकाँही विभिन्न पदहरुमा रहँदा पार्टी सदस्यबाट राजीनामा दिनुपर्छ। तर त्यस्तो अवस्थामा पनि पार्टीकै मातहतमा रहेर काम गरेको छु र त्यो पद प्राप्त गरेको पनि पार्टीको कारणले हो भन्ने भुल्नु हुँदैन,’नेकपाका वरिष्ठ नेता झलनाथ खनाललेइकान्तिपुरसँग भने, ‘त्यसकारण अहिले पार्टीले जे निर्देशन दिएको छ,शिवमाया तुम्बाहाङ्फेले पालना गर्नुपर्छ।’

प्रतिक्रिया