आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रेस सेन्टर नेपालकाे संघर्षमा जोड

प्रकाशित
774
SHARES

काठमाडौं । प्रेस सेन्टर नेपाल प्रदेश तीनको आयोजनामा काठमाडौंमा ‘पत्रकारिता तालिम तथा प्रदेश भेला’ कार्यक्रम सम्पन्न भएको छ । भेलाबाट पत्रकार सुमन वाङदेलको अध्यक्षतामा २५ सदस्यीय प्रदेश कमिटि निर्वाचित भएको छ ।

कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष रंगनाथ ढकालले मिडियाहरु वर्गिय हुने भएकाले जनपत्रकारहरुले जनताको पक्षमा समाचार लेख्नुपर्नेमा जोड दिएका थिए । उनले पत्रकारलाई राज्यको पहिलो अंगको रुपमा नबुझ्दासम्म त्यसलाई सम्मानीत बनाउन नसकिने तर्क समेत गरे ।

त्यस्तै पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले सहभागि पत्रकारहरुलाई पत्रकारको हक, हित र अधिकारको पक्षमा प्रशिक्षित गरेका थिए । पत्रकार जन्मदेवले राज्यको पत्रकारको अधिकार विरोधी नीति निर्णयको विरोध गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सबै जनपक्षीय पत्रकारहरु एक भएर संघर्षमा जानुपर्ने बताएका थिए ।

उनले पत्रकार महासंघले पछिल्लो चरणमा राज्यले ल्यएको काउन्सिल विधेयकको विरोधमा कार्यक्रम गरेको भएपनि अहिले सम्म त्यसका लागि संघर्षको जरुरी भएको तर्क गरे । उनले महासंघमा त्यो विषयमा आफुले पटक पटक कुराहरु उठाउँदै आएको समेत बताए ,

कार्यक्रममा बोल्दै पत्रकार अनिल अधिकारीले पत्रकारिता क्षेत्रका चुनौति, सम्भावना र समस्याबारे, पत्रकार दिपक शर्माले पत्रकारिता क्षेत्रको अवस्था र भूमिकाबारे, वेभ डिजाइनर तथा पत्रकार विशाल अधिकारीले पत्रकाररितामा डिजिटल प्रविधिबारे विषयमा सहभागिहरुलाई प्रशिक्षित गरेका थिए ।

संगठनका अध्यक्ष लाेकराज जैसीले पत्रकार समाजको आँखा भएकाले समाजलाई सही दिशा देखाउका लागि जनपत्रकारको कमल चल्नुपर्ने बताए । उनले राज्यले पछिल्लो चरणमा ल्याएका विभिन्न विधेयक, ऐन, कानुनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आँच पुर्याएको भन्दै त्यसका विरुद्ध संगठीत संघर्षको आवश्यकता रहेको बताए ।

कार्यक्रम मध्यवानेश्व स्थित रत्नराज्य स्कुलको पुस्तकालयको हलमा भएको थियो । कार्यक्रममा ठूलो संख्यामा विभिन्न सञ्चारमाध्यमहरुमा काम गर्ने पत्रकारहरुको सहभागिता रहेको थियो । भेलापछि नव निर्वाचित कमिटिको पहिलो बैठक बसेको र त्यसले पत्रकारहरुको हक, हित र अधिकारको पक्षमा संगठित संघर्ष गर्ने निर्णय गरेको बताइएको छ ।

प्रतिक्रिया