आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

जनार्दन शर्मालाई लक्षित गरी बम प्रहार, स्थिति तनावग्रस्त

प्रकाशित
19.3K
SHARES

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई ताकेर रुकुममा बम प्रहार भएकाे छ ।

बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा विना विभागीय मन्त्री जनार्दन शर्मा र उनको प्रचार टोलीलाई लक्षित गरी रुकुमको चौरजहारी नगरपालिका–८, को गोइरीमा बम प्राहार भएकाे हाे ।

२ वटा बम प्रहार गरिएको माअाेवादी केन्द्र रूकुमले जनाएकाे छ ।  एउटा बम पड्किएपछि अर्को बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार बम रेडबुलको बट्टामा राखिएको थियो ।

बम प्रहारबाट मानवीय र भौतिक क्षति नभएको बताइएको छ । बम कसले र किन प्रहार गर्यो भन्ने बारे जानकारी नभएको र उनीहरुको खाेजीकार्य भैरहेकाे प्रहरीले बताएकाे छ । प्रहार भएपछि त्यहाँस्थिति तनावग्रस्त बनेको छ ।

यसैबीच उम्मेदवार शर्मा र उनको प्रचार टोलीलाई लक्षित गरी भएको बम प्रहारको कार्यप्रति एमाले–माओवादी पार्टी एकता संयोजन समिति रुकुम (पश्चिम)ले विरोध गरेको छ ।

एक विज्ञप्ती जारी गरी समितिले उम्मेदवारलाई लक्षित गरी बम प्रहार गर्नु देशको विकास र समृद्धिको विरुद्ध भएको बताएको छ ।

प्रतिक्रिया