आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सल्यानमा सडकबाट खस्यो गाडी ९ जना घाइते, अबस्थाबारे हेराै बिस्तृतमा

प्रकाशित
835
SHARES

सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। सुर्खेतदेखि जाजरकोट जाँदै गरेको भे १ ख २५७३ नम्बरको फोर्स गाडी सल्यानको बनगाड कुपिण्डे नगरपालिका-११ बालुवासंग्रहीमा दुर्घटना भएको हो।

गाडीमा सवार १८ जनामध्ये ९ जना घाइते भएको प्रहरी चौकी बालुवासंग्रहीले जनाएको छ। घाइते ९ मध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गाडी सडकबाट १०० मिटर तल खसेको जनाइएको छ। अर्को गाडीलाई साइड दिने क्रममा गाडी खसेको प्रहरीले जनाएको छ।

घाइते हुनेहरूमा चालक भेरीगंगा नगरपालिका-११ जाजरकोटका प्रकाश शर्मा, छेडागाड नगरपालिका जाजरकोटका सहचालक गोपाल वड, छेडागाड नगरपालिका जाजरकोटका पदमबहादुर रावत, श्रीनगर सल्यानका भूपबहादुर बुढाथोकी, सोही ठाउँका गौमता बुढाथोकी रहेका छन्।

यस्तै बेसीशहर लमजुङका पूर्णबहादुर सुनार, ठेगाना नखुलेकी रजनी श्रेष्ठ, काठमाडौंका अनिता मानन्धर र छेडागाड नगरपालिका–९ का भगवती उपाध्याय पनि घाइते भएको प्रहरी चौकी बालुवासंग्रहीले जनाएको छ। घाइतेहरूको मेहलकुना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया