आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गोकुल बास्कोटालाई गगन थापाले दनक दिदै भने – हामीलाई हेप्नी ?

प्रकाशित
1.7K
SHARES

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सूचना प्रविधि विधेयकबारे आफूहरु सडकदेखि सदनसम्म छलफल गर्न तयार रहेको बताए । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विधेयक नपढी गरिएको टिप्पणी गरिएको भनी दिएको सार्वजनिक अभिव्यक्तिको विरोध गर्दै थापाले विधेयकमाथि बहस गर्न चुनौती दिए ।

‘मन्त्रीज्यूलाई भन्न चाहन्छु छलफल गर्ने हो ? संसदमा गर्ने हो ? माइतीघरमा गर्ने हो ? हामी तयार छौं’ उनले सञ्चारमन्त्रीकै शैलीमा भने ‘नपढी आयो भनेर हामीलाई हेप्नी ?’ विधेयकको विरोधमा नेपाल विद्यार्थी संघले गरेको विरोध कार्यक्रममा थापाले प्रधानमन्त्रीले काम गर्न नसकेका कारण विरोधीको मुख थुन्न यो विधेयक ल्याएको टिप्पणी गरे ।

‘प्रधानमन्त्री लुते भएर यो विधेयक आएको छ, काम गरेर जवाफ दिने हिम्मत गर्नुभएन, सामाजिक सञ्जालमा आएको गालीलाई नियन्त्रण गर्ने गरी कानून बनाउन खोज्नुभयो’ उनले भने । विधेयक जस्ताको तस्तै पारित भयो भने सरकार र सत्तारुढ पार्टीको गुणगान गाउनेहरु मात्र टिक्ने थापाले जिकिर गरे । ‘विधेयक जस्ताको तस्तै पारित भयो भने ‘श्री ६ बडामहारानी विद्या भण्डारीको जय, श्री ५ प्रधानमन्त्री केपी ओलीको जय, श्री ३ प्रचण्डको जय भन्नेहरु टिक्छन् ।’

यो विधेयकका विरोधमा आफूहरु संसदमा लडिरहेको भन्दै उनले बहुमतले पारित हुन सक्ने भन्दै सडकबाट पनि दबाब दिन आग्रह गरे । ‘संख्यात्मक हिसाबले हामी कम छौं, हामीले मात्र चाहेर रोक्न सक्दैनौं, अंकगणित उनीहरुको छ, बहुमतले पारित गर्न सक्छन्, सडकको साथ चाहियो’ उनले भने ।

यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनको मिति हेरफेर गर्न नसकिने स्पष्ट पारेका छन् । विहीवार विहान आफ्नै निवास बूढानिलकण्ठमा काठमाडौंमा भेला भएका कांग्रेस जिल्ला सभापतिहरुसँगको भेटघाटमा देउवाले केन्द्रीय कार्यसमिति बैठकबाट पास भएको महाधिवेशनको मिति हेरफेर गर्न नसकिने तर पार्टीलाई सहमतिकै आधारमा अघि बढाउन आफू तयार रहेको बताएका हुन् ।

आफूले समस्या समाधानका लागि पहल गरेपति केही नेताहरु बैठकमा सहभागी नभएको र पार्टीलाई अनिर्णयको बन्दी बनाउन नहुने भएकाले निर्णयहरु भएको देउवाले जिल्ला सभापतिहरु सँगको भेटमा बताएका थिए । देउवासँगको भेटका लागि पुगेका नुवाकोट कांग्रेसका सभापति जगदीश्वर नरसिंह सभापति लचिलो भएर प्रस्तुत भएको बताए ।

सभापति शेरबहादुर देउवाको भनाइ उद्धृत गर्दै केसीले भने, ‘पार्टी सबैको साझा हो । पार्टी बलियो बनाउन मिलेर जानुको विकल्प छैन । त्यसका लागि म हदैसम्म लचिलो हुन तयार छु ।’ सोमबारदेखि पार्टी कार्यालयमा भेला भएका संस्थापन इतरका जिल्ला सभापतिहरुको भेला असन्तुष्ट पक्षाले राखेको थियो ।

पार्टी सभापति बहुमतको आधारमा अघि बढ्न खोजेको, बहुमतका आधारमा अर्को पक्षलाई पेलेर अघि बढ्न खोलेको, महाधिवेशनको कार्यतालिका, विभागहरुको संख्या, तरुण दलको समय थप लगायतका विषमा वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण सिटौलाको असन्तुष्टि रहेको छ ।

असन्तुष्ट नेताहरुले सभापति देउवालाई दवाव दिनका लागि आफू पक्षधर जिल्ला सभापतिहरुलाई काठमाडौंमा भेला गरि छलफल गरेका थिए । तीन दिन सम्म चलेको भेलाले पुस ११ गते बहुमत केन्द्रीय सदस्यहरुले गरेको निर्णय सच्याउनुपर्ने, पार्टीमा भागवण्डा अन्त्य गर्नुपर्ने जस्ता विषय निष्कर्ष निकालेका थिए ।

प्रतिक्रिया