आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सभामुखबारे ओली-प्रचण्डबीच बल्ल जुट्यो यस्तो सहमति, नेताकार्यकर्ता नै दंग

प्रकाशित
40.2K
SHARES

काठमाडौँ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल अडानमन कायमै रहेपछि भावी सभामुख चयनको विषय झनै पेचिलो बनेको छ । अध्यक्षद्वयबीच सोमबार प्रधानमन्त्री निवासबालुवाटारमा सभामुख चयनका विषयमा छलफल भएको थियो । कान्तिपुर दैनिकमा समाचार छ । तर, दुवै अध्यक्षलेआ–आफ्ना अडानयथावतै राखेपछि सहमति जुट्न नसकेको हो । बालुवाटारस्रोतका अनुसार छलफलमा अध्यक्ष दाहालले पूर्वसहमति अनुसार जान प्रधानमन्त्री एवंअध्यक्ष ओलीलाई प्रस्ताव गरेका थिए । ओलीले अहिले त्यसअनुसार जान नमिल्ने जवाफ दिएकाथिए । त्यसपछि दाहालले पार्टी एकता हुँदाको सहमतिबारेओलीलाई सम्झाएका थिए । यसअघि नै सबै पद पूर्व एमालेले लिएको र अहिले सभामुख छाड्ननसकिने अडान दाहालले लिएपछि ओलीले मंगलबार फेरिछलफल गरौंलाभनेकाथिए । त्यसपछि दुई अध्यक्षबीचकोछलफल सकिएको थियो ।

दाहाल निकट एक नेताका अनुसार दुई अध्यक्षबीच पात्रभन्दापनि कुन समूहले सभामुख लिने भन्नेविषयमा विवाद छ। ‘दुईअध्यक्षबीचका पछिल्ला छलफल पात्रभन्दा पनि कुन समूहले लिनेभन्नेमा केन्द्रीत हो,’ ती नेताले भने, ‘यसमा सहमतिजुटेपछि पात्रको विषयमा ठोस छलफल हुन्छ ।’ सभामुखका लागि प्रधानमन्त्री ओलीले पूर्वसभामुखसुवास नेम्वाङको नाम अगाडि सारेका छन् । दाहालले स्थायी समिति सदस्य अग्निसापकोटालाई अगाडि सारेका छन् । आफूले अगाडि सारेका नेताहरुलाई सभामुखको आश्वासनपनि दिएका छन् । ओली र दाहालबीच सभामुखमा सहमति जुट्न नसक्दा १६ गतेका लागि तयभएको संसद बैठक २७ गतेका लागि सरेको छ ।

संसद सचिवालयमा कार्यरत एक महिलामाथि जबर्जस्तीकरणीको आरोपपछि कार्यकालको बीचमै कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएकाथिए । वाम गठबन्धनको हैसियतमा चुनाव लडेका तत्कालीन एमाले र माओवादी केन्द्रबीचशक्ति बाँडफाँड हुँदा सभामुख माओवादीर उपसभामुख एमालेको भागमा परेको थियो । त्यसैअनुसार महरा सभामुख र शिवमायातुम्बाहाङ्फे उपसभामुख चयन भएका थिए ।

महराको राजीनामापछि खाली सभामुख आफ्नो समूहलेपाउनुपर्ने दाबी पूर्व माओवादी समूहको छ । पूर्व एमाले समूहले पार्टी एकीकरणभइसकेको अवस्थामा पूर्व सहमति खोज्न नहुने तर्क अगाडि सारेको छ । सभामुख र उपसभामुख फरकफरक पार्टीको हुनुपर्नेसंवैधानिक व्यवस्था छ । यदि नेकपाले सभामुखको दाबेदारी गर्ने हो भने उपसभामुखतुम्बाहाङ्फेलाई पनि राजीनामा गराउनुपर्ने हुन्छ । किनकिएउटै पार्टीकोतर्फबाट सभामुख र उपसभामुख हुन नहुने संवैधानिक व्यवस्था छ । तुम्बाहाङ्फेले पनिसभामुखमा आफ्नो दाबी कायमै राखेकी छन् । सभामुखको विषयसमेतमा सहमतिनभएपछि २३ गतेलाई तय भएको नेकपाको केन्द्रीय समिति बैठक माघ १५लाई सरेको छ । पार्टी एकीकरण सम्बन्धि काम पनि प्रभावित भएको एकनेताले बताए ।

प्रतिक्रिया