आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

३ महिना यता उच्चतम बिन्दुमा पुग्यो शेयर बजार

प्रकाशित
3.5K
SHARES

काठमाडौं। साप्ताहिक कारोबारको दोस्रो दिन सोमबार शेयर बजार परिसूचक (नेप्से) तीन महिना यताकै उच्च विन्दुमा पुगेको छ । सोमबार नेप्से परिसूचक १८‍.२६ अंकले बढेर १२००.६९ को विन्दुमा पुगेको छ ।गत भदौ १० गते १२०९.६२ को विन्दुमा रहेको नेप्से परिसूचकले त्यसयता सोमबार पहिलोपटक १२०० को विन्दु छोएको हो ।सोमबार ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.९३ अंकले बढेर २६० विन्दुमा पुगेको छ ।

सोमबारको शेयर बजारमा काराेबारमा समेत उल्लेख्य सुधार आएको छ । सोमबार कूल १७८ कम्पनीको ८४ करोड २५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी एनआईसी एशिया बैंकको शेयर किनबेच भएको छ । बैंकको एकैदिन ८ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।त्यस्तै, नेको इन्स्योरेन्सको ३ करोड ७० लाख, शिवम् सिमेन्टको ३ करोड ६६ लाख र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको ३ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

सोमबार ट्रेडिङ (व्यापार) बाहेक सबै उपसमूहका सूचकहरु उकालाे लागेका छन् । माइक्रोफाइनान्स समूहको सूचक सबैभन्दा बढी ३३ अंकले उकालो लागेको छ । ट्रेडिङ् समूह भने १२.२६ अंकले ओरालो लागेको छ ।सोमबार वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्य ९.९३ प्रतिशतले बढेको छ । संस्थाको शेयर मूल्य प्रतिकित्ता ७४२ रुपैयाँ रहेको छ ।

त्येसैबिच सरकारी निकायले गरेकाे काराेबारसरकारी कारोबारको सबै लेखांकन राख्नेगरी सरकारले अब एकीकृत डाटा बैंक स्थापना गर्ने भएको छ । विभिन्न सरकारी निकायले निकाल्ने तथ्यांकहरू एक आपसमा बाझिँदा र तिनको सही व्यवस्थापन नभइरहेको अवस्थामा सरकारले सबै सरकारी तथ्यांकलाई एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यस्वरुप नयाँ प्रकृतिको डाटा बैंक स्थापना गर्न लागेको हो । यो प्रणालीको सुरुवातसँगै तीनवटै सरकार र सरकारी निकायको वित्तीय कारोबारको हिसाब किताब एकै ठाउँबाट सहज र तत्काल प्राप्त गर्न सकिने छ ।

नयाँ प्रकृतिको डाटाबैंक मार्फत सरकारले पाएको अनुदान, संस्थानहरूले गरेको खर्च निजी क्षेत्रले गरेको खर्च र दाताहरूको खर्चलाई पनि समावेश गरिने छ सरकारी निकायको अभिलेख राख्ने अधिकार महालेखालाई भएपनि महालेखाले हाल बजेटमा केन्द्रत तथ्यांकको मात्रै लेखांकन राख्ने गरेको छ । महालेखा नियन्त्रक गोपीनाथ मैनाली भन्छन्, “यो महालेखाको तथ्यांकमा सरकारको सबै तथ्यांकको उपलब्धता हुँदैन यो बजेट केन्द्रित छ यसलाई अझै शसक्त रुपमा सरकारका सबै कारोबारको डाटा एउटै सिस्टमबाट उपलब्ध गराउन खोजको हो यो यसै आर्थिक वर्षदेखि नै लागू हुनेछ ।

प्रतिक्रिया