आज : गते

ताजा शिर्षकहरु

पोखरामा जारी औद्योगिक व्यपार मेलामा भद्रगोल, ब्यानर एउटा पसल अर्कै

प्रकाशित
1.8K
SHARES

राजकुमार घिमिरे, पोखरा । पोखराको प्रदर्शनी मार्गमा शुक्रबारबाट जारी औद्योगिक ब्यापार मेलामा स्टलहरु भद्रगोल अवस्थामा छन् । पौष १८ देखि २८ गतेसम्म चल्ने औद्योगिक ब्यापार मेलाको उद्घाटन नै शुक्रबार पानीले भद्रगोल पारिदिएको थियो । पहिलो दिन शुक्रबार दिनभरीको झरीले मेला उद्घाटन महोत्सव स्थानमा हुन सकेन ।

त्यसपछि आयोजक तामझाम बोकेर उद्याेग बाणिज्य संघ पोखराको भवनमा पुगे । त्यहि भवनमा ४ नम्बर प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले महोत्सव उद्घाटन गरे । राष्ट्रिय उत्पादनलाई जोड दिने, उपभोक्ता र उत्पादकलाई एकै ठाउँमा भेट गराउने, पोखराको उद्याेग पर्यटनलाई जोड दिने, र नेपाल भ्रमण बर्ष २०२० लाई समेत सहयोग पुग्ने उदेश्यले सुरु गरिएको भनिएको महोत्सवको दोस्रो दिन आज शनिबार स्टलहरुको अवस्था पनि भद्रगोल नै थियो ।

महोत्सवमा राखिएका व्यापारीहरुका स्टलले नै महोत्सवको सन्चालन, बिज्ञापनदेखि ओझ र महत्त्व बुझाउने भए पनि त्यहाँ केहि स्टलहरुको ब्यानर एउटा र त्यसमा पसल अर्कै थापेको देखियो । एउटा पसलको ब्यानर अर्को पसलमा राखेर आयोजकले गल्ती गरेको र समयमै मिलाइदिन आग्रह गरेपनि कुनै चाँसो नदिएको ब्यापारीहरुको गुनासो छ ।

झन्डै २७० स्टल, पिङ र सांस्कृतिक कार्यक्रमले मनोरञ्जन दिने सवालमा भने पोख्रेलीहरुले कुनै कसर बाँकी राखेका छैनन् । महोत्सवको दोस्रो दिन शनिबार पोखराको स्थानीय संस्कृति झल्कने गरि १८ ओटा नौमती पन्चेबाजा, नृत्य र गीत प्रस्तुत गरिएको छ। तर उद्याेग बाणिज्य संघ पोखराको आयोजना भइरहेको महोत्सवमा बिलासिताका सामान वा बिदेशी सामानलाई बढी प्रबर्द्धन गर्न खोजेको स्थानीयले आरोप लगाएका छन्।

बिगत लामो समयदेखि नेपालमै महोत्सवको सुरुवात गरेको दाबी गर्ने उद्याेग बाणिज्य संघले पोखराको लोकल उत्पादन भन्दा पनि बाह्य उत्पादनलाई जोड दिएर सामान्य निरन्तरता दिएर दर्शकको खर्च मात्रै बढाउनतिर लागेको उनीहरुको बुझाई छ । महोत्सवको तेस्रो दिन भोलि आइतबार कस्तो रहन्छ त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया