आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आज शनिबार कहाँ-कहाँ हुदैछ हिमपातसहित र वर्षा ? तपाई पनि थाहा पाउनुहोस

प्रकाशित
1.4K
SHARES

काठमाडौं । देशभर बदली रही देशका उच्च हिमाली भेगमा उच्च हिमपातको क्रम शनिबार पनि कायम रह्यो । जुम्ला, मनाङ, मुस्ताङ, दार्चुला, डडेल्धुरा लगायतका उच्च हिमाली भेगमा शुक्रबार दिउँसो तथा राति भारी हिमपात भएको छ । उपत्यका लगायतका जिल्लामा शुक्रबार रातिसम्म र शनिबार बिहान पनि वर्षा भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार पहाडी तथा तराई भूभागमा दिनभर मौसममा बदली हुने तथा पानी पर्ने सम्भावना छ । शनिबार दिउँसोबाट भने मौसम सुधार आउने महाशाखाले जनाएको छ । मौसमविद् सजिना शाक्यका अनुसार हिमपातसहित पानी परे पनि न्यूनतम तापक्रममा भने खासै गिरावट आएको छैन ।

बदली भएकाले धरातलको तातो माथि जान सकेको छैन । त्यसैले न्यूनतम तापक्रम शुक्रबार र शनिबार दुवै दिन औषत छ । मौसममा आउने सुधारका कारण शनिबार बेलुकाको तापक्रम भने घट्ने महाशाखाको अनुमान छ । यस्तो छ मौसमको ३ दिने पूर्वानुमान

पुस १९ गते (शनिबार) दिउँसो देशको मध्य तथा पुर्वी भु-भाग लगायत पश्चिमी पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी तराईका भु-भागमा आंसिक बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात हुन सक्ने साथै पहाडी भु-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।

राति भने देशको मध्य तथा पुर्वी भु-भाग लगायत पश्चिमी पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी तराईका भु-भागमा मौसम सामान्यतया सफा रहनेछ। मध्य तथा पुर्वी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा/ हिमपातको सम्भावना छ।

पुस २० गते (आइतबार) दिउँसो देशको पुर्वी भु-भाग लगायत मध्य तथा पश्चिमी पहाडी भु-भागमा आंसिक बदली रहनेछ। बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ। भने राति देशको पश्चिमी भु-भाग लगायत मध्य पहाडी भु-भागमा आंशिक बदली रहने संभावना छ, बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पुस २१ गते (सोमबार) दिउँसो देशको पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदली रहने साथै मध्य तथा पुर्वी भु-भागमा आंशिक बदली रहनेछ। देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।

राति देशको पश्चिमी भु-भागमा सामान्य बदली रहि मध्य तथा पुर्वी भु-भागमा आंशिक बदली रहनेछ। देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया