आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मध्यराति पोखरामा भूकम्प गयो, स्थानीयको भागाभाग, केछ अवस्था ?

प्रकाशित
19.6K
SHARES

काठमाडौं । पोखरा भूकम्पको शक्तिशाली धक्का महसुस भएको छ । बिहिबार राति १० बजेपछि भूकम्पको कडा धक्का महसुस भएको स्थानीयवासीले बताएका छन् । भूकम्पले हलाएपछि स्थानीयवासीहरु सडकमा ओर्लिएका थिए । भूकम्पको केन्द्र कहाँ हो भन्ने विषयमा जानकारी आएको छैन भने कति रेक्टरस्केलको भूकम्पको धक्का हो भन्ने पनि एकिन हुन सकेको छैन ।

पछिल्लोसमय भूकम्पको धक्काहरु एकपछि अर्को गरी लगातार आइरहेका छन् । केहिदिन अघि मात्रै संघीय राजधानी काठमाडौं समेत भूकम्पले हल्लाएको थियो । उता इरानमा बिहीबार ५.८ म्याग्नीच्युडको भूकम्प गएको छ ।

देशको उत्तर पूर्वी क्षेत्रमा पर्ने खोरासन राजाभी प्रान्तमा भूकम्प गएको अधिकारीहरुले जनाएका छन् । इरानी भू गर्भ विभागका अधिकारीहरुले दिएको जानकारीअनुसार साङगान सहरमा केन्द्र विन्दु भएर भूकम्प आएको हो । भूकम्पका कारण मानवीय सपत्ति क्षतिको कुनै विवरण अहिलेसम्म प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् ।

उता इन्डोनेसियामा आएको बाढी पहिरोमा परी २३ जनाको मृत्यु भएको छ । अत्याधिक वर्षासँगै जाकार्ता क्षेत्रमा आएको बाढी र पहिरोमा पी २३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बाढी पहिरोमा परी दशौँ हजार स्थानीय वासिन्दा विस्थापित भएका छन् भने, उनीहरुलाई अस्थायी शिविरहरुमा राखिएको छ । हजारौ मानिसका घर भत्किएका छन् ।

बाढी पहिरो प्रभावित क्षेत्रमा घर, कारलगायतका भौतिक सामग्रीहरु पानी र माटोमा डुबेको तथा तैरिएको अवस्थामा देखिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । मृत्यु भएका मध्ये कम्तीमा २१ जनाको जाकार्तामा मात्रै मृत्यु भएको र अरु दुई जनाको छिमेकी जाभाको लेबाकमा मृत्यु भएको उद्धारकर्ताहरुले जनाएका छन् ।

“अहिलेसम्म मृत्यु हुनेको संख्या २१ पुगेको छ,” सामाजिक मामिला मन्त्री जुलियरी पिटर बाटुबाराले बिहीबार पत्रकारहरुसँग भने । “बर्षा अत्यन्त छिटो भएको थियो, चाडो चाडो बढेर गएको थियो, हामीले के गर्ने कसो गर्ने भन्ने नै निर्णय गर्न नसक्ने अवस्थामा पर्‍यौँ,” एक महिलाले भनिन् ।

जाकार्तामा यसअघि सन् २०१३ मा पनि विनाशकारी बाढी पहिरो आएको थियो । त्यतिबेला पनि दर्जनौको मृत्यु भएको थियो । यस क्षेत्रमा बेला बेलामा बाढी पहिरो आईरहने गरेको अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया