आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मिटरमा जान नमान्ने २६ ट्याक्सी चालकलाई कारबाही

प्रकाशित
849
SHARES

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न ठाउँमा गरी २६ जना ट्याक्सी चालक कारवाही गरेको छ । ट्राफिक प्रहरीका अनुसार बिहीबार दिउँसो काठमाडौंका विभिन्न ठाउँमा उनीहरु कारबाहीमा परेका हुन् ।यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने २६ जना ट्याक्सी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका बिभिन्न स्थानमा गरिएको चेकजाँचको क्रममा सोमबार ४० जना ट्याक्सी चालकलाई कारबाही गरेको छ।

यात्रुसँग बढी भाडा लिन मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने ट्याक्सी चालकहरुलाई कारबाही गरिएको महाशाखाले जनाएको छ। ट्राफिक प्रहरीले नियमित अनुगमन गरी ट्याक्सी चालकहरुलाई कारबाही गर्दै आएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका बिभिन्न स्थानमा गरिएको चेकजाँचको क्रममा सोमबार ४० जना ट्याक्सी चालकलाई कारबाही गरेको छ।

यात्रुसँग बढी भाडा लिन मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने ट्याक्सी चालकहरुलाई कारबाही गरिएको महाशाखाले जनाएको छ। ट्राफिक प्रहरीले नियमित अनुगमन गरी ट्याक्सी चालकहरुलाई कारबाही गर्दै आएको छ।

महानगरीय ट्राफिक प्रहरीले सोमबार ३२ ट्याक्सी चालकलाई कारवाही गरेको छ। यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, मिटर बिगार्ने र बिग्रेको मिटर समयमा नबनाउनेलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो।
जेब्राक्रसमाथि सवारी रोक्ने २३ चालकलाई पनि प्रहरीको कारवाहीमा परेका छन्। सोमबार मात्र ट्राफिक प्रहरीले नियम विपरित सवारी साधन चलाउने १ हजार ३ सय २२ सवारी चालकमाथि कारबाही गरेको छ।

ट्राफिक प्रहरीकाअनुुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गर्ने ७० जना छन्। लेन अनुशासन मिच्ने १ सय ६० जना छन्।
कारबाहीमा पर्नेमा ४१ जना टिपर चालक छन्। ट्राफिक प्रहरीले फुटपाथमा पार्किङ गर्ने १ सय २६ जनालाई पनि कारवाही गरेको छ। ट्राफिक प्रहरीले सिसीटिभिमार्फत ५५ चालकलाई कारबाही गरेको छ।

नियमविपरित हर्न बजाएकोमा ट्राफिक प्रहरीले ४० जनालाई कारबाही गरेको छ। सोमबार २३ वटा सवारीसाधनमा ‘ह्वील लक’ गरिएको थियो। नियम मिचेर कारबाहीमा पर्ने अन्य ७ सय ५२ सवारी चालक छन्।
सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ३ गम्भिर घाइते भएका छन्। सवारी दुर्घटनामा परेका ३१ मध्ये १६ जनालाई सामान्य चोट लागेको छ। ट्राफिक प्रहरीका अनुसार सोमबार उपत्यकामा ९ हजार ८४ सवारीसाधान भित्रिए भने ९ हजार १ सय २६ सवारी सधान बाहिरिएका छन्।

प्रतिक्रिया