आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

इन्डोनेसियामा बाढी पहिरोपरी, २३ जनाको मृत्यु

प्रकाशित
1.6K
SHARES

काठमान्डाै । इन्डोनेसियामा आएको बाढी पहिरोमा परी २३ जनाको मृत्यु भएको छ ।

अत्याधिक वर्षासँगै जाकार्ता क्षेत्रमा आएको बाढी र पहिरोमा पी २३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् बाढी पहिरोमा परी दशौँ हजार स्थानीय वासिन्दा विस्थापित भएका छन् भने, उनीहरुलाई अस्थायी शिविरहरुमा राखिएको छ । हजारौ मानिसका घर भत्किएका छन् ।बाढी पहिरो प्रभावित क्षेत्रमा घर, कारलगायतका भौतिक सामग्रीहरु पानी र माटोमा डुबेको तथा तैरिएको अवस्थामा देखिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

मृत्यु भएका मध्ये कम्तीमा २१ जनाको जाकार्तामा मात्रै मृत्यु भएको र अरु दुई जनाको छिमेकी जाभाको लेबाकमा मृत्यु भएको उद्धारकर्ताहरुले जनाएका छन् ।“अहिलेसम्म मृत्यु हुनेको संख्या २१ पुगेको छ,” सामाजिक मामिला मन्त्री जुलियरी पिटर बाटुबाराले बिहीबार पत्रकारहरुसँग भने ।“बर्षा अत्यन्त छिटो भएको थियो, चाडो चाडो बढेर गएको थियो, हामीले के गर्ने कसो गर्ने भन्ने नै निर्णय गर्न नसक्ने अवस्थामा पर्‍यौँ,” एक महिलाले भनिन् ।

जाकार्तामा यसअघि सन् २०१३ मा पनि विनाशकारी बाढी पहिरो आएको थियो । त्यतिबेला पनि दर्जनौको मृत्यु भएको थियो । यस क्षेत्रमा बेला बेलामा बाढी पहिरो आईरहने गरेको अधिकारीहरुले बताएका छन् ।

भर्खर
ए डिभिजन लिग फुटबलमा एपीएफको पहिलो जितकाठमाडौं- विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)ले सहिद स्मारक एइन्डोनेसियामा बाढी पहिरो, २३ जनाको मृत्युइन्डोनेसिया- इन्डोनेसियामा आएको बाढी पहिरोमा परी २३ जनाको मृत्यु भएकोकाँग्रेस बैठकः राष्ट्रियसभा उम्मेदवार चयनको जिम्मा पदाधिकारीलाईकाठमाडौं- नेपाली काँग्रेसले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार चयनको जिम्मा पदाधिकारीलाई

बाजुरा जीप दुर्घटनाः ज्यान गुमाउने चारै जनाको सनाखत, बेपत्ताको खोजी जारीकाठमाडौं– बाजुराको हिमाली गाउँपालिका–७ बाँधुमा आज भएको जीप दुर्घटनामा ज्यान‘कतार एयरवेज’लाई पाँचौं पटक सर्वश्रेष्ठ एयरलाइन्स पुरस्कारकाठमाडौं- कतार एयरवेजले पाँचौं पटक सर्वश्रेष्ठ एयरलाइन्सलाई प्रदान गरिने ‘स्काईट्रेक्स’

 

 

प्रतिक्रिया