आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

यस्ताे छ जाडो याममा काँध दुख्ने समस्याकाे सामाधान

प्रकाशित
1.1K
SHARES

लामो समयसम्म कम्प्यूटरमा काम गर्नु, गलत तरिकाले बस्नु, काँधलाई धेरै चलाउनु अथवा चलाउँदै नचलाउनु जस्ता बानीले पाखुरा नचल्ने समस्या निम्तिन सक्छ । तर जीवनशैलीमा परिर्वतन ल्याएर केही सावधानीहरु अपनाउँदा यो समस्याबाट बच्न सकिन्छ । यदि घर अथवा अफिसमा काम गर्दा-गर्दा अचानक काँधमा असह्य पीडा हुन्छ र आफ्नो काँध चलेको छैन भन्ने महसुस हुन्छ भने यो काँधमा समस्या आएको संकेत हो

वास्तवमा हाम्रो शरीरमा समावेश हरेक जोर्नीभन्दा बाहिर एउटा क्याप्सुल हुन्छ । यो समस्या भएको बेला त्यो क्याप्सुल स्टिफ अथवा कडा हुन्छ । जसका कारण काँधको हड्डी हल्लाउन निकै गाह्रो हुन्छ । यो समस्या भएको बेला पीडा बिस्तारै-बिस्तारै अथवा अचानक सुरु हुन्छ र सम्पूर्ण काँध नै जाम हुन्छ । यस्तो समस्या ४० वर्षभन्दा माथिका व्यक्तिहरुमा धेरै देखिन्छ र पुरुषको तुलनामा महिलाहरुमा यो धेरै हुने सम्भावना हुन्छ ।

विभिन्न कारणहरु – एउटा सर्वेक्षणका अनुसार काँधमा आउने समस्या लामो समयसम्म कम्प्युटरमा काम गर्ने, काँधलाई एकै प्रकारले राख्ने, काँधमा धेरै भार उठाउने, काँधले धेरै काम गर्ने, हड्डीहरु कमजोर हुनु, बढ्दो उमेरका कारण हुनसक्छ । कहिलेकाहीँ यो समस्या काँधमा चोट लाग्नाले पनि हुनसक्छ । दिनहुँ व्यायाम नगर्नाले पनि हिजोआज मानिसहरुमा यो समस्या धेरै हुन थालेको छ । किनभने व्यायाम नगर्नाले जोर्नीहरु जाम हुन थाल्छन् ।

यसको असर – काँध दुख्ने समस्या धेरै महिना अथवा वर्षसम्म पनि भइरहन सक्छ । यो रोग तीन अवस्थाहरुबाट पार गर्छ । जसलाई अँग्रेजीमा फ्रिजिङ, फ्रोजन र थाइंङ स्टेजको रुपमा नामाकरण गर्ने गरिन्छ । यदि तपाईंंलाई पनि त्यस्ता लक्षण देखियो भने तुरुन्त डाक्टरकहाँ जानुपर्छ ।

काँध कुनै पनि दिशामा मोड्न गाह्रो हुनु, काँध सुन्निनु, गर्धनको दुखाई र त्योभन्दा पनि माथि फैलनु, राति धेरै दुख्नु, स-साना काम जस्तै कपाल कोर्न, टाँक लगाउन आदि पनि गार्हो हुनु, हात पछाडि लैजाँदा कंाँधमा धेरै पीडा हुनु ।

समस्या बढ्दै जानु – यस्तो समस्याका कारण अवसाद, गर्दन र ढाड दुख्नु, थकान, काम गर्न असमर्थ आदि समस्याहरु पनि हुन सक्छ । यो किसिमको दुखाईबाट रोगीलाई मधुमेह, हृदयघात हुनु, फोक्सोको रोग, हृदय रोग आदि हुने पनि सम्भावना हुन्छ । यस्तो रोग पुरुषको तुलनामा महिलामा बढी देखिन्छ ।

रोगबाट बच्न के गर्ने ? व्यायाम गर्नुपर्छ
काँधमा दुख्ने समस्या पीडा र बाउँडिनबाट राहत पाउनका लागि दिनहुँ व्यायाम गर्नुपर्छ । पेन्डुलम स्ट्रेच, टोवेल स्ट्रेच, फिंगर वाक, आर्मपिट स्ट्रेच, क्रस बडी रिच, काँधलाई बाहिर भित्रतिर घुमाउनु जस्ता केही व्यायामले दुखाईलाई कम गर्छ । तर, त्यस्तो व्यायाम गर्नु अगाडि डाक्टरको सल्लाह लिनु आवश्यक छ ।

स्वास्थ्य आहार लिनुपर्छ – मसला भएको, पिरो खाना सेवन गर्नु हुँदैन । किनभने त्यसले पनि फ्रोजन शोल्डरको समस्या बढ्न सक्छ । त्यसैले ताजा र कम मसला भएको खाना खानुपर्छ ।

तातो र चिसो थेरापी – दुखाईबाट राहत पाउनका लागि तातो र चिसो थेरापी लिनुपर्छ । यो दुखाई कम गर्नका लागि काँधलाई १५ मिनेटका लागि आईस प्याक तथा १५ मिनेटका लागि हिटिङ प्याकले सेक्ने । यो प्रकृया दिनमा २-३ पटक गर्नुपर्छ । काँधको दुखाई कमगर्नका लागि तथा काँधको सक्रियताको लागि तेल सहित मसाज गर्नु सबैभन्दा उत्तम उपाय हो ।

अक्युपङ्क्चर तथा फिजियोथेरापी – यो दुखाईबाट चाँडै आराम पाउनका लागि अक्यूपंक्चर चिकित्साको साहारा लिन सकिन्छ । अथवा यसको सबैभन्दा राम्रो उपाय भनेको फिजियोथेरापी हो । यसले काँधको दुखाईबाट चाँडै छुटकारा दिन्छ ।

प्रतिक्रिया