आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

उखु किसानको समस्या समाधान अब माघको पहिलो साता– मन्त्री भट्ट

प्रकाशित
1.1K
SHARES

काठमान्डाै। उद्योग वाणिज्य तथा आपूतिमन्त्री लेखराज भट्टले आगामी माघको पहिलो साताभित्र चिनी मिल र उखु किसानको समस्या समाधान हुने बताएका छन् ।राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा समय लिएर बोलेका मन्त्री भट्टले चिनी मिललाई किसानको बक्यौता चुक्ता गर्न निर्देशन दिइसकेको पनि जानकारी दिए ।

‘उखु किसान आन्दोलनमा छन्, चिनी मिलमा समस्या देखिएको छ, किसानले उखुको उचित मूल्य नपाएको कुरा छ,’ मन्त्री भट्टले भने, ‘चिनी मिल र उखु किसानका समस्या सम्बोधन गर्न कार्यदल गठन गरिसकिएको छ । कार्यदलले १५भित्र सरकारलाई प्रतिवेदन बुझाउँछ ।’उनले चिनी उद्योगी र उखु किसानका प्रतिनिधि बीचमा छलफल गरिएको र चिनी उद्योगले किसानलाई दिनुपर्ने भुक्तानी तत्काल गर्न निर्देशन दिइएको बताए ।उखु किसानका ११ बुँदे मागमा सरकार गम्भीर रहेको र समग्रमा उखु खरीद र बिक्रीलाई सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री भट्टको भनाइ थियो ।

मन्त्री भट्टले लुम्बिनी र वीरगञ्ज चिनी कारखानालाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा गृहकार्य भइरहेको पनि जानकारी दिए । विदेशबाट चिनी आयात गर्दा ४० प्रतिशत भन्सार बढाएको र चिनी ल्याउने प्रतिबन्ध लगाइएको मन्त्री भट्टको भनाइ थियो ।बैठकमा सांसदहरु रमेशप्रसाद यादव, बलराम बाँस्कोटा, प्रकाश पन्थ, रामपृत पासवास, डा बिमला राई पौडेलले वर्षैपिच्छे उखु किसान र चिनी मिलको समस्या दोहोरिने हुँदा दीर्घकालीन समाधान खोज्नु सुझाव दिएका थिए

त्यसैबिच चिनी उद्योगले एक साताभित्र भुक्तानी सुरु नगरे पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्नेलगायतका आन्दोलनका कार्यक्रम उखु उत्पादक कृषक समितिले सार्वजनिक गरेको हो।भुक्तानीको विषयलाई लिएर सधैँ आन्दोलन गर्न बाध्य किसानलाई एक साताभित्र मिलबाट भुक्तानी गर्ने कार्य सुरु नभए राजमार्ग अवरुद्ध गरिने समितिका अध्यक्ष उमेशचन्द्र यादव बताउँछन्।चालू आर्थिक वर्षमा पश्चिम नवलपरासीमा सञ्चालनमा आएका तीन ठूला चिनी मिलले करीब ७० करोड रुपैयाँ बराबर किसानसँग उधारोमा उखु खरिद गरेको देखिन्छ।

मिललाई किसानले उधारोमा उखु दिन बाध्य भएको तर उखु ‘क्रसिङ सिजन’ बितेको २ महिना भइसक्दा पनि मिलले अझै किसानलाई भुक्तानी नदिएको समितिको निष्कर्ष छ।त्यस्तै चालू आर्थिक वर्षमा मिलहरूले उखु क्रसिङ डेढ महिना ढिला सुरू गरी बैसाख मसान्तमा क्रसिङ बन्द गरेकाले करीब ५ करोड बराबरको एक लाख क्विन्टल उखु खेतमै खेर गएको समितिले जानएको छ। उखु मिलहरूलाई उधारोमा दिएको उखुको भुक्तानी रकम किसानले माग गरेका छन्। मिलले चिनीको बिक्रीवितरण गरे पनि किसानलाई भुक्तानी नदिएको भन्दै किसानहरुले आन्दोलन घोषणा गर्न बाध्य भएको बताए। मिलहरुले उखु किसानलाई ढुवानी खर्च भनेर ५ देखि २० प्रतिशतसम्म ठगिरहेको किसानको आरोप छ।

साथै नेपाल सरकारबाट प्राप्त अनुदान रकममा पनि मिल सञ्चालकहरुबाट व्यापक अनियमितता भएको समितिको आरोप छ। किसानको समस्या सबैको साझा समस्या भन्दै प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले रकम यथाशीघ्र भुक्तानीका लागि पहल भइरहेको बताए।जिल्लामा इन्दिरा, बागमती र लुम्बिनी चिनी मिल गरी ३ ठूला चिनी मिल छन्। जिल्लामा चालू आर्थिक वर्षमा करीब १२ लाख क्विन्टल उखु उत्पादन भएको तथ्याङ्क छ भने पश्चिम नवलपरासीमा करीब १३ हजार उखु कृषक रहेका छन्।

प्रतिक्रिया