आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बर्दिया ट्रक दुर्घटनामा ज्यान गुमाउने तीन जनाकै परिचय खुल्याे

प्रकाशित
1.2K
SHARES

बर्दिया – पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पर्ने बर्दिया राष्ट्रिय निकुञ्जभित्र ट्रक दुर्घटना हुँदा ज्यान गुमाउने तीन जनाकै परिचय खुलेकाे छ ।

ज्यान गुमाउनेमा बाँके खजुरा -६, काेहलपुर बस्ने ३५ वर्षीया प्रतिमा सुनार, खजुरा गाउँपालिका जी गाउँ बस्ने ४० वर्षीया पवित्रा सुनार परियार तथा सहचालक गुल्मी जिल्ला घर भएका निमबहादुर सार्की रहेका छन् ।

ठाकुरबाबा नगरपालिकाको आम्बासादेखि ६ झण्डै किलोमिटर पश्चिमतर्फ निकुञ्जभित्र पर्ने राजमार्गमा बुधबार बिहान ट्रक दुर्घटना हुँदा दुई जना महिला र एक जना पुरुषकाे घटनास्थलमै ज्यान गएको थियाे भने उनीहरुकाे पहिचान भने खुल्न सकेकाे थिएन ।
सम्बन्धित समाचार
बर्दियामा ट्रक दुर्घटना : तीन जनाको ज्यान गयो
भैरहवाबाट फलामे छड लोड गरेर धनगढीतर्फ गइरहेको लु २ ख १०६८ नम्बरको ट्रक बुधबार बिहान चार बजेतिर दुर्घटना भएको थियाे ।

फलामे छड बोकेको ट्रकमा च्यापिएकाको शव बाहिर निकालिएको प्रहरीले जनाएको छ । ट्रक चालक घोराही उपमहानगरपालिका ११ कपासेका कर्णबहादुर चौधरी घाइते भएका छन् ।

त्यसैबिच

पूव–पश्चिम राजमार्गअन्तर्गत पर्ने बर्दिया राष्ट्रिय निकुञ्जभित्र ट्रक दुर्घटना हुँदा तीन मृत्यु भएको छ। ठाकुरबाबा नगरपालिकाको आम्बासादेखि झण्डै ६ झण्डै किलोमिटर पश्चिमतर्फ निकुञ्जभित्र पर्ने राजमार्गमा ट्रक दुर्घटना हुँदा दुई जना महिला र एक जना पुरुषको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

भैरहवाबाट फलामे छड लोड गरी धनगढीतर्फ आइरहेको लु २ ख १०६८ नम्बरको ट्रक बुधबार बिहान चार बजेतिर दुर्घटना भएको हो। दुर्घटनामा ज्यान गुमाएका ट्रकका सहचालक र दुई जना महिलाको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ। फलामे छड बोकेको ट्रकमा च्यापिएकाको शव जेसीबीको सहायताबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ। ट्रक चालक घोराही उपमहानगरपालिका ११ कपासेका कर्णबहादुर चौधरी घाइते भएका छन्।

प्रतिक्रिया