आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन वार्ता, के-के भयो कुराकानी ?

प्रकाशित
1.2K
SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई बुधबार बिहान टेलिफोन गर्दै नेपाल भ्रमणको निम्तो दिएका हुन् । ओलीले एक टि्वट गर्दै अंग्रेजी नयाँ वर्षको अवसरमा मोदीलाई शुभकामनासँगै नेपाल भ्रमणको निम्तो दिएको उल्लेख गरेका छन् ।

‘मैले भारतीय प्रम मोदीलाई नेपाल भ्रमणको लागि पुनः आग्रह गरेँ’, ओलीले लेखेका छन्, ‘सन् २०१९ मा दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सफल रहेको निष्कर्ष निकाल्यौं र बाँकी समस्याहरू समाधान गर्दै सम्बन्धलाई अझै उचाइमा पुर्‍याउन सन् २०२० सफल रहेनमा हामीले विश्वास व्यक्त गर्‍यौं ।’

दुई देशका सकमकक्षीबीच भ्रमण वर्षको शुभकामना आदानप्रदान भए पनि सीमा-विवादबारे कुराकानी भए/नभएबारे प्रधानमन्त्री ओलीले केही खुलाएका छैनन् । भारतले नेपाली भूमि लिम्पियाधुरा क्षेत्र समेटेर हालै नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालले असन्तुष्टि जनाउँदै आएको छ । कूटनीतिक माध्यमबाट यसकाे समाधान खोजिने सरकारले बताए पनि अहिलेसम्म ठाेस ढ‌ंगले प्रक्रिया अघि बढ्न सकेको छैन ।

यता सत्तारुढ दल नेकपाका २ अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)को आ–आफ्नै अडानले संघीय संसदको भावी सभामुख चयनको विषय थप पेचिलो बन्ने भएको छ । सभामुख चयनका विषयमा प्रधानमन्त्री समेत रहेका ओली र नेकपा अध्यक्ष प्रचण्डबीच विभिन्न चरणमा छलफल जारी छन् ।

सभामुख चयनकै विषयमा मंगलबार पनि ओली र प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवासमा झण्डै २ घण्टा छलफल भयो । तर, दुवै नेताले आ–आफ्नो अडान नछाड्दा सहमति हुन सकेन । ओली प्रचण्डबीच सभामुख चयनको विषयमा सहमति नहुँदा प्रतिधिभिसभाको बुधबार बस्ने गरी तय भएको बैठक ११ दिन पछि (पुस १७ गते)का लागि सारिएको छ ।

प्रतिनिधिसभाको अब बस्ने बैठकको पहिलो कार्यसूची नै सभामुखको निर्वाचनका लागि दिन (मिति) तोक्नेसँग सम्बन्धित छ । तर, सत्तारुढ दल भित्रको असहमतिले संसद नै बन्धक बन्न पुगेको छ ।

भावी सभामुखका लागि नेकपाका २ जना नेताको नाम चर्चा छ । संविधान सभाका तत्कालीन अध्यक्ष तथा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र नेकपा स्थायी कमिटी सदस्य अग्नी सापकोटा भावी सभामुखका लागि ‘प्रस्पिर्धा’मा छन् । तर, दुवै अध्यक्षबीच २ मध्ये कुनै १ जनालाई सभामुखको उम्मेदवार बनाउने भन्नेबारे सहमति हुन सकेको छैन ।

मंगलबार बिहान अध्यक्ष प्रचण्ड बालुवाटार पुग्दा प्रधानमन्त्री ओलीले भावी सभामुखका लागि सुवासचन्द्र नेम्वाङको नाममा सहमति जनाउन आग्रह गरेका थिए । तर, प्रचण्डले भने अग्नीलाई छाडेर सुवासलाई बोक्न नसकिने तर्क अगाडि सारे ।

प्रतिक्रिया