आज : गते

ताजा शिर्षकहरु

सोह्रखुट्टेमा पसलभित्र छिर्‍यो पानी ट्याङकर !

प्रकाशित
1.1K
SHARES

काठमाडौँ । काठमाडौको सोह्रखुट्टे ओरालोमा ब्रेक फेल हुँदा एक पानी ट्यांकरले ५ वटा मोटरसाइकल र एक गाडीलाई ठक्कर दिएको छ । मंगलबार गोल्फुटारबाट लैनचौर हुँदै आएको बा ३ ख ९४५० नम्बरको पानी ट्यांकर ओह्रालोमा ब्रेक फेल हुँदा पाँचवटा मोटरसाइकल र एक गाडीलाई ठक्कर दिएको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी नायव उपरीक्षक सन्तोषसिह राठोरले जानकारी दिए ।

उनका अनुसार ट्याङकरले गाडीलाई ठक्कर दिदै अगाडी बढ्दा २ वटा पसलमा समेत सामान्य क्षती भएको छ । ट्याङकरले ठक्कर दिँदा एक मोटरसाइकल चालकलाई सामान्य चोट लागेको छ । टयाङकर चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सोह्खुट्टे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया