आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सुनकाे भाउमा नयाँ रेकर्ड

प्रकाशित
1.2K
SHARES

काठमाण्डाै – १५ दिनमा सुनको भाउ तोलामा २ हजार रुपैयाँ महँगो भएको छ ।

सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ बढेर तोलाको ७३ हजार ५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो भाउ अहिलेसम्मकै महँगो हो ।

यसअघि गएको भदौ १८ गते सुनको भाउ तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसयता घटेर तोलाको ७० हजार रुपैयाँसम्म झरेको सुनको भाउ गएको महिनादेखि फेरि बिस्तारै बढेर आज तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको महासङ्घअन्तर्गतको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो ।

गएको १ गते तोलाको ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसयता आजसम्ममा तोलामा २ हजार रुपैयाँ बढेको छ । यस्तै चाँदी आज तोलामा १० रुपैयाँ बढेर तोलाको ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

 

प्रतिक्रिया