आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आज कहाँ-कहाँ छ सार्वजनिक बिदा ? हेर्नुहोस बिस्तृतमा

प्रकाशित
1.8K
SHARES

पोखरा । सरकारले पुष १५ गते अर्थात आज मंगलवार सार्वजनिक बिदा दिने निर्णय गर्फेको छ। गण्डकी प्रदेशले एक सुचना जारी गर्दै पुस १५ गते भोलि सार्वजनिक बिदा दिने भएको हो । गण्डकी प्रदेश सरकारले ‘तमु ल्होसार’को अवसरमा सार्वजनिक मंगलबार बिदा दिने निर्णय गरेको हो । गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसार’को अवसरमा पुस १५ गते सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्र रामशरण बस्नेतले बताउनु भएको छ ।

गण्डकी प्रदेश अन्तरगतका मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत, कास्की, स्याङ्जा, तनहुँ, लमजुङ, मनाङ, गोरखा र नवलपुरका सबै सरकारी कार्यालयमा मंगलबार बिदा हुने भएको छ । गण्डकी प्रदेश सरकारले ‘तमु ल्होसार’मा गत वर्ष पनि सार्वजनिक बिदा दिएको थियो ।

तमुहरुको उद्गम थलो मानिने गण्डकी प्रदेशलाई गण्डकी सरकारले विदाको घोषणा गरेको हो । प्रदेश सरकारलाई त्यस्ता विशेष अवसरमा वर्षको ६ दिन बिदा दिन पाउने व्यवस्था सुरुवात ल्होसारबाट गरिएको गण्डकी प्रदेश सरकारको भनाइ छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले ल्होसारका दिन बिदा दिने निर्णय गरेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुस ११ गते लमजुङ घलेगाउँमा भएको एक कार्यक्रममा ल्होसारमा बिदा दिने बताएका थिए । त्यसको दुई दिनपछि मुख्यमन्त्री गुरुङले मन्त्रिपरिषदको बैठकबाट औपचारिक निर्णय गराएका हुन् । ‘प्रदेश सरकार विभिन्न जातजाति र भाषाभाषीको सम्मान र संरक्षण गर्छ । प्रदेशले वर्षको ६ दिन त्यस्ता विशेष दिनमा बिदा दिन पाउँछ,’ मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता रामशरण बस्नेतले भने, ‘त्यसको सुरुवात ल्होसारबाट भएको छ ।’ गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार विज्ञप्ति पनि जारी गरेर बिदाको जानकारी दिएको छ ।

‘पौष १५ गते आइतबारका दिन तमु ल्होसार पर्व परेकाले गण्डकी प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा बिदा दिने गण्डकी प्रदेश सरकारबाट पौष १३ गते निर्णय भएको सम्बन्धित सबैमा जानकारी गराउँदछौं,’ कानून मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

अहिलेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुँदा ३ वटै ल्होछारलाई सार्वजनिक बिदा दिने घोषणा गरेका थिए । सरकारले यही वर्षदेखि ल्होसार लगायत विभिन्न चाडमा दिने बिदाइ कटौती गरेको थियो । तमु ल्होछार पुसे १५, सोनाम ल्होछार माघ प्रतिपदा र ग्याल्बो ल्होछार फागुन प्रतिपदामा सार्वजनिक बिदा दिने चलन चलाएका पृथ्वीसुब्बाले संघीय सरकारले बिदा कटौती गरे पनि प्रदेशको अधिकार अनुसार गण्डकीमा तमु ल्होसारमा बिदा दिने निर्णय गरेका छन् ।

प्रतिक्रिया