आज : गते

ताजा शिर्षकहरु

प्रहरीले होटलमा रंगेहात पक्रा उ गरेपछि किशोरीको बयान छाडिदिनुस् मेरो दुईदिनपछि विवाह छ

प्रकाशित
1.5K
SHARES

नेपाल सीमावर्ती भारतको उत्तर प्रदेशमा पर्ने देवरियामा भारतीय प्रहरीले तीन होटेलमा छापा मारेर ठुलो देह व्यापारको सञ्जाल फेला पारेको छ। छापा मारेर २९ जोडी गिरफ्तार गरिएको छ।पक्रा उ परेका ५ महिला र ९ पुरुषलाई प्रहरीले अनैतिक देहव्यापारमा लागेको आरोपमा मुद्दा चलाएको छ।प्रहरीले देह व्यापारका लागि होटेलमा मोल मोलाई हुने गरेको जानकारी प्राप्त गरेपछि लामो योजनामा २९ जोडी पक्राउ गर्न सफल भएको जनाएको छ। स्थानीयले लामो समयदेखि होटेलमा देह व्यापार हुने गरेको प्रहरीमा उजुरी दिएका थिए।

पक्राउ परेका किशोर किशोरीसँग प्रहरीले बयान लिएपछि नयाँ तथ्य फेला पर्‍यो। एक किशोरीले प्रहरीलाई आफ्नो दुई दिनपछि विवाह भएकाले छाडिदिन आग्रह गरिन्। उनका बारेमा प्रहरीले आफ्नो सञ्जालबाट बुझ्दा साँच्चीकै विवाह हुने कुरा पत्ता लाग्यो। प्रहरीले होटेलको रजिस्ट्रार नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। पक्राउ परेका बारे अनुसन्धान भइरहेको उत्तर प्रदेश पुलिसले जनाएको छ।

भीम रावलप्रति प्रधानमन्त्री ओलीको कटाक्ष : विरोध गर्न पार्टीमा नयाँ कवि जन्मिएछन्
ओलीले नेकपाकै स्थायी कमिटी सदस्य भीम रावलप्रति कटाक्ष गरे । उनले विरोध गर्नकै लागि पार्टीमा नयाँ नयाँ कवि जन्मिएको बताए । केही दिनअघि नेकपा स्थायी कमिटी बैठकमा नेता रावलले नेकपा र राजपाबीच भएको राष्ट्रियसभामा तालमेलसम्बन्धी सहमतिप्रति व्यङ्य गर्दै ‘धुँवाले छोपिँदै दियो’ शीर्षकमा कविता वाचन गरेका थिए । सोही कविताको जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘पार्टीको सफलतामा बोल्न नसक्ने नेताहरु विरोधमा मात्रै बोलिरहेको देख्दा अचम्म लाग्छ ।’

उनले रावलले कुण्ठा बोकेर विरोध गरेको आरोपसमेत लगाए । ‘पार्टीको नेता भएर पार्टीले गरेको राम्रा कामबारे नबोल्ने, विरोध मात्रै गर्दा कसैको प्रेस्टिज माथि उठ्दैन, कुण्ठामात्रै बोकेर पार्टीमा बस्दा कसैको भलो हुँदैन,’ नेकपा अध्यक्षसमेत रहेका ओलीले भने । उनले नेकपा नेतृत्वको सरकारले धेरै राम्रा काम गरेको दाबी पनि गरे । ‘हामी नियमतः मुलुकलाई अघि बढाउन खोज्दैछौं, विधिको शासन स्थापनामा लागेका छौं, निरंकुशता ढालेका छौं, परनिर्भरता कमी गर्दैछौं,’ प्रधानमन्त्री ओलीले भने, ‘राजनीतिक मुद्दा नपाएपछि झिनामसिना कुरामा विरोध गरेर के हुन्छ ?’

प्रतिक्रिया