आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओलीले भीम रावललाई यस्तो अनौठो व्यङ्ग्य हानेपछि प्रचण्ड तिनछक

प्रकाशित
1.3K
SHARES

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वको विरोध गर्न पार्टीमा ‘नयाँ नयाँ कविजी’ जन्मिएको भन्दै स्थायी समिति सदस्य भीम रावलप्रति व्यङ्य गरेका छन् । पार्टी भ्रातृसंस्था प्रेस संगठनका पदाधिकारी तथा केन्द्रीय सदस्य र जिल्लाका पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा शनिबार प्रधानमन्त्री ओलीले पार्टी नेतृत्वको सफलताको प्रसंसा गर्न नसक्ने नेता विपक्षीले भन्दा अगाडिआएर विरोधमा मात्रै बोलेको आरोप लगाए ।

‘पार्टीको नेता भएर पार्टीकै सफलतामा बोल्न नसक्ने, पार्टीको नेतृत्वमा रहेको सरकारका सफलतामा बोल्न नकस्ने, विरोधमा मात्रै बोल्दा कसैको प्रेस्टिज माथि उठ्ँदैन,’ ओलीले भने, ‘कुण्ठामात्रै बोकेर पार्टीमा बस्दा कसैको भलो हुँदैन। पार्टीको सरकारले राम्रो काम गर्दा बोल्न नसक्ने?’

प्रधानमन्त्री ओलीले स्थायी समितिको बैठकमा नेता भीम रावलले वाचन गरेको कविताको पनि जवाफ दिएका थिए।रावललेकेही दिनअघि सम्पन्न नेकपा स्थायी समितिमा राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश २ मा नेकपा र राजपाले गठबन्धन गर्नेबारे आक्रोश व्यक्त गरेका थिए। रावलले व्यङ्य मिश्रित कविता ‘धुँवाले छोपिँदै दियो’ शीर्षकमा वाचन गरेका थिए। बैठकमा सहभागी नभएका ओलीले कविताको जवाफ शनिबारको कार्यक्रममा दिएका हुन्।

‘विरोधीका विरोध गर्ने सटर सरकारका कामले बन्द भएका छन्। तर हाम्रै साथीहरू विरोधमा उत्रिएका छन्। प्रदेश २ बाट नेकपाको राष्ट्रियसभामा प्रतिनिधित्व थिएन। राजपासँग सहकार्य गरेर हामीले २ सिट जोगाएका छौँ र २ उनिहरूलाई दिएका छौँ’, ओलीले भने, ‘यसमा पनि ‘बालुवाटारमा धुँवाको मुस्लो आयो’ भनेर विरोध भइरहेको छ। नयाँ नयाँ कविजीहरू आइरहेका छन्।’ओलीलेत्यो विरोध तथ्य र तथ्यांकका आधारमा नभएको पनि आरोप लगाएका थिए।

प्रदेश २ मा २०७४ मा भएको राष्ट्रियसभा निर्वाचनमा नेकपाले एक स्थानमा पनि नजितेको, अहिले राजपासँग सहमति भएपछि दुई सिट जित्ने पक्का भएको बताए। ‘राम्रो काम गर्दा विरोधीले त विरोध गर्थे नै, आफ्नैले पनि विरोध गरे,’ ओलीले भने, ‘कसैलाई कोही मान्छे मन पर्दैन होला। आनीबानी, व्यवहारका कमजोरी देखे भन्नुस्। सही नीतिले देश सञ्चालन गरेका छौं। फेरि विरोध किन?’

कार्यक्रममा ओलीले सरकारले गरेका राम्रा कामको फेरिहस्त सुनाए। ‘निरंकुशता ढालिएको छ, संविधान बन्न नदिँदा बनाइएको छ। नाकाबन्दी खोलिएको छ। भूपरिवेष्टितबाट हटाइएको छ। अनि विरोध किन?,’ ओलीले भने।

७० वर्षको अनुभवले मुलुक र पार्टी चलाइरहेको भन्दै ओलीले कुनै पनि हालतमा पार्टी र सरकारको डुंगा डुब्न नदिने बताए। विरोधीले कुनै राजनीतिकविषय नपाएपछि खुद्रा विषयमा विरोध गरेकोआरोप लगाए। गुठी विधेयकमा सरोकारवाला भन्दा पनि गैर सरोकारवालाको उछलकुद धेरै भएको ओलीको भनाइ थियो।

ओलीले पहिचानको राजनीतिका नाममा जातजातबीच लडाउने काम भएको बताए। ‘हामीलाई नेपाली भनेरै बिर्साउने खेल भयो। तराई, पहाडमा विभाजित गर्ने खेल भयो,’ ओलीले भने, ‘धर्म, जात, भाषाका नाममा लडाइयो। चीनलाई सयौं वर्षसम्म अफिममा फसाए। रूवान्डामा शताब्दीसम्म हुतु र तुत्सीको नाममा लडाए। हाम्रो देशमा पनि मुस्लिम र हिन्दुको नाममा लडाउन खोजियो। त्यसलाई हामीले असफल बनायौं।’

प्रधानमन्त्री ओलीले अहिले राजनीतिलाई विस्थापित गराउने र अराजनीतिक प्रवृत्ति बढाउने खेल भइरहेको बताए। अन्तर्राष्ट्रियरूपमा कम्युनिस्टले धक्का खाँदा नेपालमा केन्द्रदेखि स्थानीय तहसम्म असाधारण बहुमत रहेको उल्लेख गर्दै उनले यसप्रति नकारात्मक भाव फैल्याउन देश–विदेशसम्म खेल भइरहेको बताए।

प्रतिक्रिया