आज : गते

ताजा शिर्षकहरु

अदालतमा दिए आफ्नै अनुयायीलाई करणीको आरोप लागेका कृष्णदासले चकित पर्ने बयान

प्रकाशित
41.5K
SHARES

काठमाडौं, १२ पुष । आफ्नै अनुयायीलाई करणी गरेको अभियोगको मुद्दा खेपिरहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको शुक्रवार बयान सकिएको छ । उनलाई शुक्रवार बयानका लागि सुनसरी जिल्ला अदालत इनरुवा पुर्याइएको थियो । उनले करिब एक घण्टा २० मिनट लामो बयान दिएका छन् । बयानका क्रममा आफुलाई त्यस्तो आरोप लगाएकी महिलालाई नचिनेको दावी गरेका छन् ।

महिलालाई मुद्दा फिर्ता लिन दवाव दिँदै गरिएको फोन कल पनि आफ्नो नभएको दावी गरेका छन् । महिलाले सिद्धबाबा विरुद्ध प्रहरीमा उजुरी दिएपछि उनले टेलिफोन गरी मुद्दा फिर्ता लिन दवाव दिएका थिए । मुद्दा फिर्ता लिए आफ्नो लिं ग समेत काट् ने बाचा गरेका थिए । त्यो अडियो आफ्नो नभएको उनको दावी हो । सिद्धबाबालाई शुक्रवार सुनसरी जिल्ला अदालत इनरुवा बयानका लागि लैजाने समाचार बाहिरिए संगै शुक्रवार विहानै देखि अस्पताल परिसर त’नाव’ग्रस्त बनेको थियो ।

अदालतमा आफ्नै अनुयायीलाई करणीको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको बयान र थुनछेक बहस हुने भएकाले उनका समर्थक र विरोधीको भिड लागेको थियो । विभिन्न नारा लेखिएका अधिकारकर्मीहरु र उनका पक्ष र विपक्षमा लागेकाहरु नाराबाजी गर्दै अदालत परिसरमा भेला भएका थिए ।

बाबाका सर्मकहरुले जय श्रीराम, जयजय श्रीराम, जय हनुमान, सत्यको जित हुन्छ लगायतका मन्त्रसहितको नाराबाजी दिनभर गरे भने मानवअधिकार र महिला अधिकारकर्मीले विपक्षमा करणीलाई फाँ सी दे, करणी गर्नेलाई कार्वाही गर, लाई छाड्नुहुँदैन, महिला हिं सा छैन स्विकार, करणीलाई जेल चलान गर, महिला अधिकार सुनिश्चित गर, न्यायमा तलमाथि नहोस लगायतका नाराबाजी गरेका थिए ।

अदालतमा महिलालाई नचिनेको दावी गरेका बाबाले हिरासतको समय विराट नर्सिङ होममा कटाएका छन् । बयान पछि पनि सुविधा सम्पन्न एम्बुलेन्समा बसेर अस्पताल तर्फ लगिएका गिरीले आफूमाथि फसाउने षड्यन्त्र भएको बताएका छन् । तर महिलाले जिल्ला प्रहरी कार्यालय सुनसरीमा उपलब्ध गराएको रिपोर्ट प्रहरीको विधिविज्ञान प्रयोगशालामा परीक्षण गर्दा ७७ प्रतिशत मिलेको छ ।प्रहरीले हिरासतमा राखी अनुसन्धान गर्ने २५ दिने समय अस्पतालमा बिताएका कृष्णदासलाई बिहीबार साँझ मिसिलसहित सुनसरी जिल्ला अदालतमा पु¥याइएकोमा शुक्रबार बयान भएको हो । इताजाखबरबाट

प्रतिक्रिया