आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आज काठमाडौंमा याे वर्षकै बढी चिसो, शून्य दशमलव ६ डिग्रीमा झर्यो तापक्रम

प्रकाशित
789
SHARES

काठमाडौं । काठमाडौंको तापक्रम शून्य तर्फ ओरालो लाग्न थालेको छ । शनिबार बिहानको तापक्रम शून्य दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । शनिबार मापन गरिएकाे तामक्रम यो वर्षकै सबैभन्दा कम तापक्रम हो । गएकाे बिहीबार काठमाडौं तापक्रम शून्य दशमलव ९ डिग्री सेल्सियस थियो । शुक्रबार भने थोरै बढेर न्यूनतम तापक्रम १ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो ।

सामान्यतया पुस महिना मध्य चिसोको समय रहेकाले यो महिना तापक्रम घटेर देशभरी नै चिसो हुने मौसमविद्ले बताएका छन् । यस्तै अघिल्लो दिन दिउँसो पारिलो घाम लागेर राती आकाश खुले बिहानको तापक्रम घट्ने तर बिहान बाक्लो हुस्सु र कुहिरो लागे तापक्रम थोरैमात्र तलमाथि हुने मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

अहिले तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने अरु ठाउँको मौसम सामान्यतया सफा नै रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । तराईका जिल्लामा दिउँसोपछि मात्रै हुस्सु कुहिरो हट्ने गर्दा जनजीवन प्रभावित भएको छ । शनिबार देशभरीकै मौसम सफा हुने मौसमविद्ले बताएका छन् ।

वायुमण्डलको प्रभावले काठमाडौँ उपत्यकामा गत वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार देशभर सामान्य बदली भई उच्च पहाडीसहित हिमाली भूभागमा हिमपात हुनसक्छ ।

प्रतिक्रिया