काठमाडौँ । कीर्तिपुरको पांगा दोबाटोस्थित तरकारी बजारको पछाडि फालिएको ठाउँमा ‘प्लाष्टिक ह्याण्ड ग्रिनेट’ बम भेटिएको छ ।
सुरुमा बम जस्तै शंकास्पद वस्तु फेला परेपछि सेनाको डिस्पोजल टोलीलाई खबर गरिएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी छेदीलाल कामतीले जानकारी दिए ।
बम डिस्पोजलको टोली आएर चेकजाँच गरेपछि प्लाष्टिक ह्याण्ड ग्रिनेट बम रहेको खुलेको डीएसपी कामतीले बताए । कामतीले भने, ‘सेनाको टोलीले सुरक्षित डिस्पोज गरिसकेको छ ।’
फोहोरको थुप्रोमा कसले राख्यो ? किन राख्यो ? भनेर अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया