आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अरु देशको इन्टरनेट पहुँचबाट बाहिरिने तयारीमा रुस, छुट्टै इन्टरेट तयार

प्रकाशित
1.7K
SHARES

एजेन्सी । रुसले आफ्नो देशका लागि चाहिने इन्टरनेट छुट्टै इन्टरेट तयार पारेको छ। रुसको यो तयारीले अब चाँडै रुस अरु देशको इन्टरनेट पहुँचलाई हटाएर आफ्नै देशको इन्टरनेट प्रयोग गर्न सक्नेस्थितिमा पुगेको छ ।

यस क्रममा सोमबार इन्टरनेट पूर्वाधारहरुमा वाह्य देशबाट साइबर आक्रमण तथा अरू देशको इन्टरनेटविना काम गर्छ या गर्दैन परीक्षण भएको छ । रुसका सह सञ्चारमन्त्री अलेक्सी सोकोलोभले भने ‘परीक्षणले इन्टरनेट सेवाग्राही र सेवा प्रदायकहरुले साइबर खतराको प्रतिक्रिया गर्न सक्ने देखाएको छ,’ । यस प्रकिृयामा जस्तो सुकै अवस्थामा पनि आफ्नो इन्टरनेटको सुरक्षादेखि प्रयोगकर्ताको सुरक्षासमेत जाँचिएको छ ।

रुसी इन्टरनेट अधिकारीहरुले भने सरकारले आफ्नो छुट्टै इन्टरनेट ल्याएको कदमप्रति आपत्ति जनाएका छन् । उनीहरुले सरकारले आफूहरुलाई विश्व इन्टरनेटबाट जुनसुकै बेला छुट्याने र यसले पूरै देशलाई हटाउन सक्ने भन्दै गम्भिर भएका छन् ।

यसै वर्षको मे १ मा रुसी राष्ट्रपति भ्लादमीर पुटिनले इन्टरनेटसम्बन्धी कानुनमा हस्ताक्षर गरेका थिए । उनले ‘विश्वव्यापी इन्टरनेटको देशव्यापी विकल्पका रुपमा सार्वभौम इन्टरनेटको विकास’ गरिएको बताएका थिए । यसैअनुसार रुसका इन्टरनेट सेवा प्रदायकहरुले केन्द्रीय डाटा नियन्त्रक उपकरण इन्सटल गरेका थिए ।

गत मार्चमा रुसको राजधानी मस्कोमा यसका विरुद्ध प्रदर्शनसमेत भएको थियो । प्रदर्शनकर्ताहरुले ‘इन्टरनेट बन्द’ भन्ने नाराका साथ विश्व इन्टरनेट सञ्जालबाट रुसलाई हटाउन खोजेकोमा खेद व्यक्त गरेका थिए । तर, पुटिनले भने यसको बचाउ गर्दै देशमा इन्टरनेट सेवा बन्द नहुने बताएका छन् ।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले आफ्नो नेतृत्वलाई चुनौती दिँदै सत्तारूढ लिकुड पार्टीभित्र भएको मतदानमा आफूले ठूलो जित हासिल गरेको दाबी गरेका छन्। पार्टीका अनुसार मतदान गर्न योग्य एक लाख १६ हजार सदस्यमध्ये करिब ४९ प्रतिशतले बिहीवार मतदान गरेका थिए। सत्तारूढ पार्टीभित्रको चुनावलाई कठिनाइ बढिरहेका बेला नेतृत्वको परीक्षणको रूपमा हेरिएको थियो।

नेतन्याहुले घुस लिएको र भ्रष्टाचार गरेको आरोपमा मुद्दाको सामना गरिरहेका छन्। साथै एक वर्षभित्र उनले तीन पटक राष्ट्रिय चुनावको सामना गरेका छन्। यसअघि गत एप्रिल र सेप्टेम्बरमा सम्पन्न चुनावमा लिकुड पार्टीले ब्लु एण्ड ह्वाइट पार्टीका तर्फबाट गतिरोधको सामना गर्नुपरेको थियो।

दुवै पार्टीले सरकार बनाउनका लागि आवश्यक बहुमत ल्याउन सकेनन्। स्थानीय समय अनुसार बिहीवार राति ११ बजे पार्टीभित्रको मतदान सकिएपछि एउटा ट्वीट गर्दै नेतन्याहुले आफू विजयी भएको दाबी गरेका हुन्। यद्यपि औपचारिक नतिजा शुक्रवार सखारै आउने अपेक्षा गरिएको छ।

हिब्रु भाषामा गरेको ट्वीटमा उनले भनेका छन्, “ईश्वरको र तपाईँहरूको सहयोगले ठूलो जितसहित आगामी निर्वाचनमा मैले लिकुड पार्टीको नेतृत्व गर्नेछु। र, अभूतपूर्व उपलब्धिहरू हासिल गर्नका निम्ति इजरेल राज्यको नेतृत्वलाई निरन्तरता दिनेछु।” बिहीवार खराब मौसमका कारण कम मतदाता सहभागी भइरहँदा नेतन्याहुले फेसबुक लाइभमार्फत् पार्टीका मतदाताहरूलाई घरबाट निस्कन र मतदान गर्न आह्वान गरेका थिए।

जेरुसलेमस्थित बीबीसी संवाददाता बारबरा प्लेट अशर भन्छिन्, हुन तर नेतन्याहु आरामदायी ढङ्गले विजयी हुने अपेक्षा गरिएको थियो, तर पार्टीमाथि आफ्नो पकड अझै बलियो रहेको देखाउन भोक-तिर्खा केही नभनी उनी चुनावी प्रचारप्रसारमा खटिएका थिए।

प्रतिक्रिया