आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्रिसमसको दिन फिलिपिन्समा आँधी आउँदा १६ को मृत्यु, १० हजारलाई सुरक्षित स्थानमा सारियो

प्रकाशित
1.9K
SHARES

काठमाडौं । फिलिपिन्समा क्रिसमसको दिन आँधी फानफोन आउँदा १६ जनाको मृत्यु भएको छ । करिब १० हजार व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ । अधिकारीले बिहिबार दिएको जानकारी अनुसार यसले थुप्रै धनमालको क्षती गरेको छ । आँधीका बेला हावाको गती १९५ किलोमिटर प्रतिघण्टा रह्यो जसका कारण थुप्रै घरको छत उड्यो । देशभरी बिजुली आपूर्ती बन्द भएको छ । थुप्रै क्षेत्रमा मोबाइल र इन्टरनेट पनि प्रभावित भएको छ ।

न्यूज एजेन्सीका अनुसार कालिबो शहरको एयरपोर्टमा फसेका एक कोरियाली पर्यटक जुंग ब्युंग जूनले बोराके जाने सबै उडान रद्द भएको जानकारी दिए । एयरपोर्ट पूर्ण रुपमा क्षतीग्रस्त भएको छ । अधिकारीले स्थितीलाई सामान्य गर्न जुटेका छन् । बोराके, करनसमेत विभिन्न पर्यटकीय स्थलमाथि क्षती भएको बताइएको छ ।

‘फानफोन’ आँधी हैयाभन्दा कम शक्तिशाली
एक पर्यटकका अनुसार कालिबो शहरमा ट्याक्सी चलिरहेको छ तर हावाको गती अझै पनि तीब्र छ । अझै पनि वर्षा भइरहेको छ । त्यसकारण कोही पनि एयरपोर्टबाट जान नचाहेको ती पर्यटकले बताए । यद्यपि, फानफून आँधी सन् २०१३ मा आएको हैयान आँधीभन्दा कम लिपिन्सको मध्य क्षेत्रमा आएको आँधीका कारण १० जनाको मृत्यु भएको छ।

क्रिसमस मनाइरहँदा आएको ‘टाइफुन फ्यानफोन’ नामक आँधीका कारण मृत्यु हुनेको संख्यामा वृद्धि हुन सक्ने अधिकारीहरुले बताएका छन्। १९० किलोमिटर प्रति घण्टा गतिमा आएको आँधीका कारण धेरै स्थानमा पहिरो गएको र शहरहरु जलमग्न भएका छन्। दश हजारभन्दा बढी मानिस आँधीका कारण प्रभावित भएका छन् भने कयौं घरहरुमा क्षति पुगेको छ। प्रभाविथत क्षेत्रमा उद्धारको कार्य जारी रहेको छ।

उता दक्षिण अमेरिकी देश चिलेको जंगलमा फैलिएको डढेलो तीव्र गतिमा बिस्तार भएको छ । भाल्पाराइसो शहरको जंगली क्षेत्रमा लागेको डढेलो तीव्र गतिमा फैलिएर बस्तीतिर आइपुगेको छ । कम्तिमा ८० वटा घरमा आगलागी भएको छ । यसले गर्दा भाल्पाराइसो शहरबाट मानिसहरुलाई सुरक्षित स्थानमा पठाइएको छ । शहरका सबै अग्नि नियन्त्रकहरुलाई डढेलो नियन्त्रणका लागि खटाइएको छ ।

सावधानी स्वरुप सो क्षेत्रमा ९० हजार घरमा विद्युत आपूर्ति बन्द गरिएको स्थानीय अधिकारीले बताएका छन् । भाल्पाराइसो शहरका मेयर खोर्खे शार्पले स्थानीय टेलिभिजन च्यानल २४ ओरासलाई जंगलमा कसैले नियतबस आगो लगाएको बताएका छन् ।

अहिलेसम्म आगलागीका कारण मानिसको ज्यान गएको खबर भने आएको छैन । शहरको माथिल्लो क्षेत्रका दुई ठाउँबाट आगलागी भएको मेयरले बताएका छन् । डढेलो नियन्त्रणमा लिने प्रयास अति तीव्र पारिएको उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया